|

काठमाडौं : विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै  आज विश्व मावअधिकार दिवस मनाइँदैछ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाइ आधार मानेर यो दिवस मनाउने गरिन्छ। 

नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले ७१औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन्। 

राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ, “मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पूरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताजस्ता कुरालाई समेत मनन गर्नुपर्छ।” 

राष्ट्रपति भण्डारीले विश्वव्यापीरुपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्वन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको प्रष्ट पार्दै मानव अधिकारको प्रवर्द्वन र कार्यान्वयनका लागि विभिन्न निकायसमेत क्रियाशील रहेकामा  खुशी व्यक्त गरेकी छिन्। 

“यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मसात् गर्दै मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ।

मानवअधिकार घोषणापत्र सबैभन्दा बढी ५०० भाषामा अनुवाद गरिएको घोषणापत्र हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.