|

काठमाडौं : दशरथ रङ्गशालामा आज नेपाल र भुटानबीच फूटबलको फाईनल खेल हुँदैछ। फूटबल खेलको नतिजासँगै आजै १३औं दक्षिण एसियाली खेलकुद (साग) को पनि समापन समारोह आयोजना गरिँदैछ।

खेल र समापन समारोह हेर्न प्याराफिट जाने दर्शकहरुले आज दशरथ रङ्गशालाको मूलगेट प्रयोग गर्न नपाउने भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दर्शकहरुलाई रङ्गशालाको मूलगेट प्रयोग नगरी शहीदगेट नजिकको नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट मात्र प्रवेश गर्न विशेष अनुरोध गरेको छ। आज खेल हेर्न जाने दर्शकले आफ्नो सवारी साधनलाई काठमाडौं मल अगाडीको टुँडिखेलमा मात्र पार्किङ्ग गर्नुपर्ने प्रहरीले सूचित गराएको छ।

सागमा फूटबल नेपाली दर्शकका लागि निकै रुचीको खेल हो। यसअघिका खेलमा दर्शकको अत्याधिक चाप भएपछि त्यसलाई कम गर्न राष्ट्रिय खेलकुद परिषद् (एन्फा) टिकटदर समेत दोब्बर बनाएको छ। तर हालसम्म बुकिङ्ग भएका टिकटको संख्या हेर्दा रङ्गशालाको प्याराफिटमा दर्शक व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.