|

सर्लाही : सर्लाही सदरमुकाम मलंगवामा ट्याक्टरको ठक्करबाट सोमवार राति एक महिलाको मृत्यु भएको छ। 

मलंगवा नगरपालिका–४ बिश्वकर्माचोकबाट दक्षिणतर्फ जाँदै गरेको ज १ त २६६६ नम्वरको ट्रयाक्टरले सोही दिशाातर्फ गइरहेको बिआर ३० आर ४९४१ नम्बरको भारतीय मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार चक्रघट्टा गाउँपालिका–९ का जबाहर रायको २७ वर्षीया श्रीमति संगीतादेवि रायको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम पश्चात परिवारलाई जिम्मा लगाइएको छ। ट्याक्टर चालकलाइ नियन्त्रणमा लिइ घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.