|

काठमाडौं : आज नेपाली रुपैयाँसँग अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ। अमेरिकी डलरको खरिददर र बिक्रीदर २५ पैसाले घटेको छ। 

युरो एकको खरिददर र बिक्रीदर दुवै ११ पैसाले घटेको छ । यस्तै बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर र बिक्रीदर तीन पैसाले घटेको छ। आज एक सिङ्गापुर डलरको खरिददर १३ पैसा र  बिक्रीदर १२ पैसाले घटेको छ। 

साउदी रियाल एकको खरिददर र बिक्रीदर ७ पैसाले, कतारी रियाल ६ पैसाले, यूएई दिर्हाम एकको खरिददर ७ पैसा र बिक्रीदर ६ पैसाले घटेको छ। आज मलेसियन रिंगिटको खरिददर र बिक्रीदर दुवै ७ पैसाका दरले घटेको छ।  

कुवेती दिनार एकको खरिददर १ रुपैयाँ १२ पैसा र  बिक्रीदर १ रुपैयाँ १३ पैसाले घटेको छ। बहराइन दिनार एकको खरिददर र बिक्रीदर ६६ पैसाका दरले घटेका छ।

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।

यस्तो छ विनिमयदर सूची :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.