|

काठमाडौं : गायक बादल लिम्बुको नयाँ गीत ‘बोलाउ तिमी’ सार्वजनिक भएको छ। 

 गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ। गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन्। पार्श्व गायनबाट आफ्नो संगीत यात्रा सुरु गरेका गायक लिम्बुको  चलचित्र होमवर्कमा समावेश ‘हराए म तिम्रो’ बोलको गीत चर्चित छ।

गीतमा लक्ष्मु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्याम्पिएन शो मा होस्टका रुपमा रहेकी नायिका तथा मोडेल रिमा विश्वकर्माको अभिनय रहेको छ।  बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बु सहायक निर्देशकका रुपमा रहेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.