|

तनहुँ : सामुदायिक रेडियो प्रसारक संघ(अकोराव)का प्रदेश कोषाध्यक्ष पवन पौडेल अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरिएको छ। नेदरल्यान्डको राजधानी एम्स्टर्डममा सम्पन्न विश्व युवा सम्मेलनमा नेपालबाट सहभागी पौडेललाई उत्कृष्ट अवार्डबाट सम्मान गरिएको हो।

श्रृजनशिल युवा मञ्चका अध्यक्षसमेत रहेका पौडेलले कार्यक्रममा दिएको विचार र मिडिया सामग्रीका आधारमा उत्कृष्ट अवार्ड दिएको सम्मेलनको आयोजक युथ टाइमको जुरी समितिकी संयोजक युलिया गतस्ताइनले अवार्ड समारोहमा घोषणा गरेकी थिइन्। उनलाई अवार्डका साथमा आगामी सम्मेलनमा सहभागिताको अवसर मिलेको पत्रकार पौडेलले बताए।

विश्वभरका ३५ देशका ६५ सहभागीमध्ये उत्कृष्ट सहभागी सम्मेलन ६ दिनसम्म चलेको थियो। सम्मेलनमा परिवर्तित समयमा समानुपातिक विकास र नयाँ उन्नत आधुनिक प्रविधिको बारे चर्चा भएको थियो। सो अवसरमा विश्वभरका युवाका आधुनिक प्रविधिमा आधारित योजना प्रस्तुत गरिनुका साथै केहीलाई आयोजकले अनुदान दिने घोषणासमेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.