|

रौतहट : सशस्त्र प्रहरी बल ११ नं. गण रौतहट, गौरले साढे ७ क्युन्टल सुर्तीसहित दुइटा भारतीय नम्बर प्लिटका गाडीलाई नियन्त्रणमा लिएको छ।

मंगलबार रौतहटको इशनाथ नगरपालिका-३ अकोलवाबाट समान बरामद गरेको सशस्त्र प्रहरी बल ११ नं. गण रौतहट गौरका शसस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद भारतीले बताए।

अवैधरूपमा भन्सार छली भारतीय बिआर ०१ पिएफ ६५७३ नम्बर प्लेटको म्याजिक र बिआर ०७ पि ७४७२६ नम्बरको टयाक्सी भ्यानमा ल्याउँदै गरेको ७ सय ४२ किलो सुखा सुर्तीसहित बरामद गरेको उनले बताए।

सशस्त्र प्रहरीको टोलीलाई देखी गाडी छाडी व्यक्ति भागेकोले उक्त गाडी चेक जाँच गर्दा सुखा सुर्ती बरामद गरी आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा पठाइएको उनले बताए।

ती सवारी साधनको मूल्य करिब १४ लाख र सुर्तीको मूल्य एक लाख ८५  हजार ५ सय रुपैयाँ अनुमान गरिएको छ। करिब १५ लाख ८५ हजार ५ मूल्य बराबरको गाडीसहितको सुर्ती गौर भन्सार कार्यालयमा मंगलबार नै बुझाइएको सशस्त्र प्रहरी डिएसपी भारतीले बताए।

सोमबार पनि सशस्त्र प्रहरीले करिब ११ लाख मूल्य बराबरको अवैध समान बरामद गरेर गौर भन्सारमा बुझाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.