|

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहट गौरले बिभिन्न मुद्दामा फरार रहेका १३ जना अभियुक्तलाई एकै दिन पक्राउ गरेको छ। 

सोमबार बिभिन्न मुद्दामा फरार रहेका रौतहटका बिभिन्न स्थानबाट एकै दिन १३ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नबिन कार्कीले जानकारी दिएका छन्। 

प्रहरी टोलीले फैसला कार्यान्वयनको सिलसिलामा न्यायिक निकायबाट कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार रहेका बिभिन्न मुद्दाका अभियुक्तलाई खोज तलास गर्दै जाने क्रममा निजहरू लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको उनले जानकारी दिए।

प्रहरीले दिएको जानकारी अनुसार कुटपिट अंगभंग मुद्दामा फरार रहेका गौर ४  बस्ने रामपुकार राय यादव, अरूणकुमार यादव, रामध्यान राय यादव, छोटेलाल राय यादव, रामाधार राय यादव पक्राउ परेका छन्। 

त्यसैगरी चोरी मुद्दामा फरार रहेका गौर ७ हाल ४ बस्ने राजाबाबु पटेल, गौर ५ बस्ने रितेश जयसवाल, गौर ५ बस्ने सोनु जयसवाल, गौर नगर पालिका १० बस्ने राम एकवाल बैठा र गौर १० बस्ने धर्मेन्द्र पसवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

यस्तै सरकारी कागज छाप किर्ते मुद्दामा फरार रहेका गौर नगरपालिका ८ बस्ने विकास कुमार गुप्तालाई पनि निजको घरबाट फेला पारी पक्राउ गरेको डिएसपी कार्कीले जानकारी दिए। यस्तै गाली बेइज्जती मुद्दामा फरार रहेका गौर नगरपालिका २ बस्ने विरेन्द्रप्रसाद जयसवाललाई पनि निजको घरबाट प्रहरीले पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.