प्रहरी ज्यादतिविरुद्ध प्रदर्शन

|

काठमाडौं : भुटानविरुद्धको फाइनल खेलको टिकटको मूल्य बढाएको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले पत्रकारलाई कुटपिट गरेको विरोधमा मंगलबार दशरथ रंगशालामा कालो ब्यानर देखियो। 

नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईं प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरसहितले कुटपिट गरेको विरोधमा दशरथ रंगशालामा कालो ब्यानर देखाइएको हो। 

प्रहरी दमन मुर्दावाद, १३ औँ साग प्रहरीको परेड खेल्न होइनसहितका नारा लेखिएका व्यानर खेल पत्रकरहरुले दशरथ रंगशालाको प्याराफिटबाट देखाएपछि प्रहरीले खोसेको थियो।

नेपाल र भुटानबीचको फुटबलको स्वर्ण भिडन्त चलिरहँदा खेल पत्रकारहरुले रंगशालामै विरोध जनाएका हुन्। 

टिकटको दोब्बर मूल्य वृद्धि गरिएपछि विरोधमा उत्रिएका फुटबल समर्थकहरुमाथि प्रहरीले कुटपिट गरेको फोटो खिच्ने क्रममा चापागाईंमाथि कुटपिट भएको थियो। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.