|

हेटौंडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले मंगलबार राति ठक्कर दिँदा करिब ४५ वर्षकी महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए। मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा हेटौंडा अस्पतालमा राति १० बजे मुत्यु भएको हो। मृतकको पहिचान खुल्न नसकेको प्रहरी उपरीक्षक सिंहले बताए। 

त्यसैगरी उक्त दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको पर्सागढी नगरपालिका–५ का करिब ३० वर्षका कञ्चन ठाकुर र मोटरसामइकलमा सवार चितवनको भरतपुर महानगरपालिका–१० की ३५ वर्षीया सर्मीला थापा मगर घाइते भएका छन्। उनीहरुको प्रहरी निगरानीमा चुरेहिल अस्पतालका उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.