|

दमक : झापाको शिवसताक्षीस्थित दुधेमा उधौली पर्वको अवसरमा केलाङ् नृत्य प्रतियोगिता सम्पन्न भएको छ। 

किरात याक्थुङ् चुम्लुङको आयोजनामा भएको कार्यक्रमअन्तर्गत पहिलो दिन केलाङ प्रतियोगिता सम्पन्न भएको हो। जसनुसार किराँत याक्थुम चुम्लुङ मेचीनगर प्रथम भयो भने क्रमश: याक्थुम केलाङ बिर्तामोड र याक्थुम केलाङ समाज गौरदह दोस्रो र तेस्रो भए।

झापा, इलाम, मोरङ र सुनसरीका १२ स्थानका केलाङ नृत्य टोली सहभागी भएकोमा बिजेताले क्रमश: २५ हजार १५ हजार र १० हजार रुपैयाँ नगद प्राप्त गरेको कार्यक्रम संयोजक नबिन इजमले जानकरी दिए। 

दुई दिनसम्म मनाइने सो पर्वमा लिम्बू समुदायको परम्परागत भेष-भूषा र गर-गहनाको पहिरनसहित पालाम, धान नाच, छेलो, धनुषकाँडलगायतका मौलिक खेलहरू हुने जनाइएको छ। यस्तै चासोक तङ्नाम’ को अवसरमा झापाको शिवसताक्षी १ स्थित धरमपुरमा भएको कार्यक्रमको नगरप्रमुख चन्द्रकुमार शेर्माले उदघाटन गरे।

न्वागी पूजा गरेर शुभारम्भ भएको कार्यक्रम धरमपुरमा पनि परम्परागत खेल छेलो हान्ने प्रतियोगिता भएको थियो। यस्तै केलाङ नृत्यबाट दर्शकलाई मनोरञ्जन गराइएको थियो।

शुक्रबार सम्पन्न हुने कार्यक्रममा धनुषकाँड प्रतियोगितासाथै बिभिन्न खेल तमासासँगै राष्ट्रिय कलाकारको प्रस्तुति रहेको कार्यक्रम संयोजक जयकुमारी चेम्जोङले जानकारी दिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.