भारतसँग अविलम्ब वार्ता गर्न आग्रह

|

काठमाडौं :  संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र सुस्ता क्षेत्रलाई समेटर नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ। यो नक्सा अविलम्ब सार्वजनिक गर्न तथा सीमा विवाद तत्काल टुंग्याउन समितिले सरकारलाई निर्देशन दिएको हो। 

नेपाली भूमिमा बसेका भारतीय सुरक्षाकर्मी तत्काल फिर्ता गरी भौगलिक अखण्डताको रक्षा गर्न पनि समितिले निर्देशन दिएको छ। समितिले नेपाली भूमिको रक्षा तथा कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीलाई सहज आवत जावत गर्ने बाटो र अन्य सुविधा उपलब्ध गराउन भनेको छ।

भारतीयबाट अतिक्रमित भूमिमा नेपालको सार्वभौम अधिकार र स्वामित्व स्थापित गर्नका लागि भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गर्न समिति सभापति पवित्रा निरौला खरेलले निर्देशन दिएकी छन्।

बैठकमा यसअघि गृहमन्त्री रामबहादुर थापा 'बदल' र भूमि व्यवस्थामन्त्री, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालसँग पनि छलफल गरेको गरेको थियो।

त्यसक्रममा सीमाविवादलाई लिएर सांसदहरुबीच आरोप प्रत्यारोप चलेको थियो। भारतीय पक्षबाट भएको अतिक्रमणपछि जनतस्तरमा आक्रोश बढिरहँदा पनि सरकारले केही गर्न नसकेको भन्दै सांसदहरुले कडा आलोचना गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.