|
फोटो : मुस्ताङ लोवा र कोराला एक्सप्रेस

काठमाडाै‌ं : देशका उच्चपहाडी र हिमाली भेगमा भारी हिमपात र पहाडी क्षेत्रमा पानी परिरहेको छ। देशभरको तापक्रम घटेको छ। वर्षा र हिमपातको कारण  देशका विभिन्‍न ठाउँको जनजीवन पनि प्रभावित भएको छ।

त्यस्तै, हिमाली जिल्ला मुस्ताङमा त अत्यधिक चिसोको कारण खोला, ताल, धाराको पानी नै जमेको छ। चिसो बढेको र हिउँ परेकोले मुस्ताङको चराङ खोलाको पानी जमेको हो।

उपल्लो मुस्ताङको तापक्रम माइनस १५ पुगेको स्थानीयले बताएका छन्। यद्यपि, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जोमसोम बजारको तामक्रम माइनस १० डिग्री सेल्सियसमा झरेको थाहाखबरलाई जानकारी दिए। 

स्थानीयका अनुसार मुस्ताङको पर्यटकीय स्थल धुम्बातालमा पूरै जमेको छ। मुस्ताङमा बिहीबार रातिदेखि हिउँ पर्न सुरु गरेको हो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.