|

काठमाडौं : सम्पदा संरक्षण अभियानताले शनिबार टुडिखेलको खुलामञ्च सफाइ गर्ने भएका छन।

अकुपाइ टुँडिखेल अभियानअन्तर्गत जग्गा अतिक्रमणलाई रोक्न उनीहरूले सफाइ कार्यक्रम गर्ने भएका हुन्। विभिन्न सरकारी निकायहरूबाट लामो समयदेखि अतिक्रमण हुँदै आएको टुँडिखेललाई खुला सार्वजनिक स्थलमा परिणत गर्न अभियान्ताहरूले पाँच हप्तादेखि हरेक शनिबारका दिन विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएका छन।

छैठौं सातामा प्रवेश गरेको यो अभियानअन्तर्गत शनिबार बिहान ९ बजे खुला मञ्चमा सफाई कार्यक्रम राखेको उक्त अभियानका संयोजक विजय श्रेष्ठले बताए। ‘सफा,स्वाच्छ खुला मञ्च कायम गरौँ, खुला मञ्चको फोहर कसिंगर जरै देखि उखेलेर फालौ भन्ने नाराका साथ खुला मञ्च सफाइ कार्यक्रम तय गरेका छौं,’उनले भने,‘विगतमा रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेललाई पुरानो वास्तविक स्वरूपमा फर्काउने र कुनै पनि भौतिक संरचना नभएको खुला सार्वजनिक स्थलमा परिणत गर्ने उद्देश्यले यो अभियान सञ्चालन गर्दे आएका छौँ।’

उनका अनुसार कुनै बेलाको एसियाकै ठूलो परेड मैदानको रूपमा टुँडिखेललाई लिइन्थ्यो। प्राकृतिक रूपमा काठमाडौंको फोक्सो, भूमिगत जल भण्डारको ठाउँ भनेर पनि चिनिन्छ। तर, अहिले विभिन्न सवारी पार्किङ र अनाधिकृत रूपले जग्गा अतिक्रमण भइरहेको छ। उनले शनिबार नागरिक स्तरबाट सञ्चालन भइरहेको उक्त कार्यक्रममा सहभागी हुन आम सर्वसाधारणलाई अनुरोधसमेत गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.