|

हुम्ला : हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हुम्लाको नाम्खा गाउँपालिका १ का २६ वर्षीय सोनाम मेगुर लामा, वडा ४ का ३६ वर्षीय याल्वाङका सावेल लामा रहेका छन्। 

बिहीबार सो गाउँपालिकाको मुचुको पातेल्नमा तेल ल्याउँदै गरेको टिपर दुर्घटनामा परेको थियो। दुर्घटना अन्य दुई घाइते भएका र उनीको उपस्वास्थ्यचौकी मुचुमा उपचार भइरहेको छ।  

मौसमका कारण जिल्ला अस्पतालबाट चिकित्सक जान नसक्दा शव परीक्षण तथा घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन समेत समस्या परेको व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रपाल लामाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.