रेडियो स्टेशनमा पनि क्षति

|

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा शुक्रबार बिहान परेको चट्याङले यहाँका केही टेलिफोन लाइनहरूको सेवा अवरुद्ध भएको छ। दूरसंचार कार्यालय डडेल्धुराको एक्सचेन्जमा क्षति हुँदा अधिकांश टेलिफोन लाइनहरुको सेवामा समस्या आउँदा इन्टरनेट सेवासमेत अवरुद्ध भएको छ।

जिल्ला सदरमुकाममा रहेका करिब १५० फोनलाइनमा समस्या आएकोे नेपाल टेलिकम दूरसञ्चार कार्यालयले डडेल्धुरा जनाएको छ। चट्याङले डाटाकार्ड र भ्वाइस कार्ड जलेकाले समस्या आएको बताइएको छ। 

एक्सचेन्जमा भएको क्षतिको मर्मत गर्ने प्रयास भइरहेको र छिट्टै सेवा सुचारु हुने जनाइएको छ। यस्तै चट्याङले सदरमुकाममा रहेको रेडियो युनिटीको उपकरणमा समेत क्षति पुर्‍याएको छ। बिहान ६:५० बजे परेको चट्याङले रेडियोका उपकरणमा क्षति पुर्‍याएको हो।

चट्याङले रेडियोको ट्रान्समिटर, मिस्सर, हाइब्रेड टेलिफोनलगायतका उपकरणमा क्षति पुर्‍याएको रेडियोले जनाएको छ।

रेडियोका महत्त्वपूर्ण उपकरणमा क्षति पुगेपछि रेडियोको प्रशारण अहिले बन्द रहेको छ। साथै जिल्ला सदरमुकाममा रहेका अन्य रेडियोहरू पनि बन्द छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.