|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन प्रवर्द्धनका लागि पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेशको राजधानीबाट गर्ने योजना बनाउन लागिएको बताएका छन्।

प्रदेश-१ को प्रदेशस्तरिय पर्यटन प्रवर्द्धन समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन समन्वय गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले त्यसका लागि प्रदेशमा रहेका विमानस्थलको स्तारोन्नति आवश्यक रहेको बताए। उनले प्रदेश-१ को विराटनगरमा रहेको विमानस्थलको लम्बाई ३ हजार मिटरको बनाउनुपर्ने समेत बताए।

त्यसका लागि संघीय सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता उनले जनाए। उनले संघीय सरकारले राखेको एक दशक पर्यटन वर्षको अभियानका लागि प्रदेश सरकारहरूसँग समन्वय गर्नेसमेत बताए।

कार्यक्रममा प्रदेश-१ का मुख्य मन्त्री शेरधन राईले अबको १० वर्षमा नेपालको उत्कृष्ट पर्यटकीय क्षेत्र भएको प्रदेशको रूपमा प्रदेश १ लाई विकास गरिने बताए। त्यसका लागि भ्रमण वर्ष २०२० लाई आधार वर्षको रूपमा लिनेसमेत बताए।

कार्यक्रममा पर्यटकीय क्षेत्रको विकासका लागि संघीय सरकार, प्रदेश र स्थानीय तहसँग राम्रो समन्वय कायम हुनुपर्नेमा जोड दिइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.