|

जनकपुधाम :  धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले अहिले पक्राउ पर्नेहरुको पहिचान भने  खुलाएका छैन।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले बम विस्फोट गराएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको जानकारी दिए। उनले भने, ‘घटनामा संलग्न नै हो भनेर अहिले भन्न सकिँदैन। अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका छौं।’

पक्राउ परेकामध्ये एकजना महेन्द्रनगरकै भएको र विप्लव समूहसँग आबद्ध रहेको स्रोतको दाबी छ। मृतकमध्येका राजेश्वर साह औषधि व्यावसायी रहेको र रकमसमेत लगानी गरिँदै आएको थियो। 

‘पक्राउ परेका एक व्यक्ति पनि मृतक साहसँग रकम लिएको थियो’, स्रोतले भन्यो, ‘लिएको ऋण तिर्न मृतक साह पटकपटक दबाब दिँदै आएका थिए। सोही कारण विस्फोट गराएको हुनसक्ने अनुमान छ।’ पक्राउ परेका अर्का व्यक्ति विप्लवसँग आबद्ध भएको व्यक्तिसँग सम्पर्क रहेको बताइएको छ।

विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्सपेक्टर अमिर दाहाल, राजेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ। घटनामा घाइते साहकै तीन आफन्‍तको उपचार धरानमा भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.