|

अष्ट्रेलिया: अष्ट्रेलियाको मेल्वर्नमा सांगीतिक जात्रा हुने भएको छ। होली पर्वको अवसरमा मेल्वर्नको केन्द्रविन्दु फेडरेसन स्क्वायरमा कार्यक्रम हुन लागेको हो। एस इभेन्टस एण्ड मल्टिमिडियाको आयोजनामा हुने सांगीतिक जात्रामा विभिन्न नेपाली तथा विदेशी ब्यान्डको प्रस्तुति हुनेछ।

एस इभेन्टस एण्ड मल्टिमिडियाले होली पर्वको उपलक्ष्यमा प्रत्येक दुई वर्षमा सांगीतिक जात्रा गर्दै आएको छ। ‘हामीले प्रत्येक दुई वर्षमा कार्यक्रम गर्दै आइरहेका छौँ, रंगको पर्व होलीलाई मनोरञ्जनात्मक बनाउन हामीले स्वेदेशी तथा विदेशी कलाकारलाई आमन्त्रित गर्छौ,’ एस इभेन्टेसका प्रबन्धक सुनोद श्रेष्ठले भने।

सांगीतिक जात्रामार्फत अष्ट्रेलियामा नेपाली संस्कृति र संगीतको प्रवद्र्धनमा योगदान गरेको भन्दै मेल्वर्नको महावाणिज्यदुतको कार्यलयले सम्मानसमेत प्रदान गरेको थियो। सांगीतिक जात्रामा रामकृष्ण ढकाल, संजीव सिंह, प्रशान्त तामाङ स्याडोज व्यान्ड सहभागी भइसकेका छन्। यसपटक नितेश जंग कुँवर सहभागी हुँदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.