प्रदेश सरकार नै सुरक्षा गर्न सक्षम रहेको दाबी

|

जनकपुरधाम : धनुषामा श्रृखलावद्ध रुपमा शंकास्पद बस्तु भेटिरहेको छ। विहान ११ बजे तेस्रो ठाउँमा पनि शंकास्पद बस्तु फेला परेको हो। धनुषाधाम नगरपालिका ५ पर्वतास्थित उच्च माध्यमिक विद्यालयको झ्यालमा झुण्डिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

विद्यार्थी पढ्न गएपछि झोलामा झुण्डिएको शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका छन्। 

शंकास्पद बस्तु देखेपछि विद्यालयका विद्यार्थी भागभाग भएका थिए। अहिले घटनास्थल प्रहरी पुगिसकेका छन्। उक्त झोलामा बम हो वा होइन् यकिन गर्न नेपाली सेनालाई खबर गरेको प्रहरीले जनाएको छ।

यसअघि आइतवार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका-९ संकटमोचन मन्दिरका पश्चिम गल्लीको सडकमा फेला परेको कुकर बम नेपाली सेनाले आज विहान डिस्पोज गरेका छन्। 

यस्तै उक्त मन्दिरदेखि करिब ५ सय मिटर पूर्वतिर सडकमा फेला परेको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।

तीन दिनअगाडि क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा शक्तिशाली बम विस्फोटमा प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको मृत्यु भएको घटना सेलाउन पाएका छैन। 

तर श्रृखलावद्ध रुपमा शंकास्पद बस्तु फेला परेपछि प्रहरी हैरान बनेका छन् भने सर्वसधारण जनता त्रसित बनेका छन्।

महेन्द्रनगरमा संयमता नअपनाउँदा बम विस्फोट भएका कारण प्रहरी अब संयमित बनेको देखिन्छ। शंकास्पद बस्तु फेला पर्नेबित्तिकै घटनास्थल पुगेर सुरक्षाकर्मी घेरा हाल्न थालेका छन्। घटनावरिपरी आवतजावत गर्न निषेध गर्छन्। 

संघीयता फेल गराउने षड्यन्त्र !

श्रृंखलावद्ध रुपमा बम फेला पर्न थालेपछि प्रदेश २ का एक राज्यमन्त्रीले संघीयता असफल पार्ने षड्यन्त्र भइरहेको शंका गरेका छन्। 

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर बम विस्फोट र आतंकका घटनाप्रति चासो देखाएका हुन्।

राज्यमन्त्री मण्डलले फेसबुकमा लेखेका छन्, ‘प्रहरी, प्रशासन, सेना, गुप्तचर, दशवर्षे सशस्त्र युद्धको अनुभव सबै दुईतिहाइको  सरकारसँग छ। तैपनि प्रदेश नं.२ मा दिनहुँ जसो बम बिस्फोट र आतङ्कका घटना घटिरहेका छन्। कहीँ प्रदेश सरकार र संघीयता असफल पार्ने षडयन्त्र त भइरहेको छैन?’

उनले प्रदेश २ मा 'शान्ति सुरक्षा देऊ नभए प्रहरी प्रशासन प्रदेश सरकार मातहत देऊ' भनेर केन्द्र सरकारसँग मागसमेत गरेका छन्। उनले भनेका छन्, ‘प्रदेश २ र यहाँको जनताको सुरक्षा प्रदेश २ सरकारले गर्छ। मधेसी जनता होसियार।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.