|

उदयपुर : सामुदायिक वनमाथि तेहेरो कर लगाएको भन्दै उदयपुरमा सामुदायिक वन उपभोक्ताहरुले विरोध प्रदर्शन गरेका छन्। गाईघाटमा भएको विरोध प्रदर्शनमा सहभागीहरुले सरकारमाथि प्रतिवद्धता विपरीत कर थोपरेको आरोप लगाएका छन्।

प्रदर्शनपछि आयोजित विरोधसभामा जिल्लाका सबै सामुदायिक वन उपभोक्ता समुहबाट सैयौं मानिसहरु सहभागी थिए। विरोध सभालाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) का अध्यक्ष भारती पाठकले सामुदायिक वनमा लगाइएको कर नहटाए आफुहरुले वनका रुख काट्न नदिने चेतावनी दिए। नयाँ संशोधित ऐनअनुसार स्थानीयतहलाई थप १० प्रतिशत समेत हिसाब गर्दा उपभोक्ताहरु ३८ प्रतिशत करमा फसेकाले भएपछी आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिएको भारतीले बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले आफुहरुको माग सरकारले नसुनेको भन्दै सामुदायिक वनलाइ ब्यवसायको रुपमा लिएर कर लगाएकोमा गम्भीर आपत्ति रहेको बताए। सोमबार भएको आन्दोलन र प्रदर्शनमा ६ हजार भन्दा बढि सहभागि भएको बन उपभोक्ता महासंघ उदयपुरले जनाएको छ।

यसअघि सरकारलाई साल तथा खयर काठ बिक्रीबापत प्राप्त रकमको १५ प्रतिशत कर तिर्दा हुनेमा हाल संघीय सञ्चित कोषमा १५, प्रदेश र सेवा शुल्क संचित कोषमा २७, स्थानीय तह सञ्चित कोषमा १०, मुल्य अभिवृद्धि कर १३ तथा उपभोक्ता समुहको बचत रकममा २५ प्रतिशत आयकर गरि जम्मा ९० प्रतिशत कर लगाएको छ।

वनमा अत्याधिक कर लगाएपछि अहिले यसविरुद्ध देशैभरका सामुदायिक वन उपभोक्ता समूहहरु आन्दोलित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.