प्रहरीद्वारा घटना लुकाउने प्रयास

|

जनकपुरधाम : जनकपुरस्थित उच्च अदालतका एक न्यायाधीशकी सुरक्षा गार्डकै पेस्तोल लिएर प्रेमी भागेका छन्। न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड रहेकी प्रहरी जवान रनिताकुमारी केवटको पेस्तोल लिएर प्रेमी भागेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषामा दरबन्दी भएकी प्रहरी जवान केवटको प्रेमी सिबेन्द्र यादवले पेस्तोल लिएर भागेको प्रहरी स्रोतले जनाएको छ। 

सुरक्षा गार्ड केवट जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरी लिएर बस्दै आएकी थिइन् । पेस्तोल लिएर भागेका यादब नवलपुरासी देउडा-६ का बासिन्दा हुन्।

यादवले लिएर भागेको पेस्तोलमा ७ राउण्ड गोली लोड थियो । प्रहरी जवान केवटसँगै उनी केहि दिनदेखि डेरामा बस्दै आएका थिए। उनी कहिले भागेको विषयमा प्रहरीले बताउन चाहेका छैन । 

घटनापछि सुरक्षागार्ड केवटलाई जिल्ला जिल्ला प्रहरी कार्यालयमा तानिएको एक प्रहरी अधिकारीले बताए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले उक्त घटना लुकाउने प्रयास गरेका छन्। डिएसपी कार्कीले प्रहरी जवान केवटसँग झगडा मात्र परेको दावी गरे। उनले भने, ‘पेस्तोल लिएकार भागेका छैन।’ 

यता, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी ज्ञानकुमार महतोले भने सुरक्षागार्ड बसेकी प्रहरी जवान केवटबाट एक जनाले पेस्तोल लिएर भागेको पुष्टि गरेका छन्। 

उनले घटना विषयमा अनुसन्धान भइरहेको समेत बताए । उनले भने, ‘प्रहरी जवान केवटसँग झगडा भएको बुझिएको छ । त्यसपछि पेस्तोल लिएर केटा भागेको जानकारी पाएको छु ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.