|

काठमाडौं : अमेरिका बसेर आफ्नो व्यस्त दैनिकीका वावजुद पनि नेपाली गीत संगीतलाई मनैदेखि माया गर्ने नव गायक बालकृष्ण न्यौपानेले आफ्नो दोस्रो गीत 'पहिले कतै' सार्वजनिक गरेका छन्। 

एल्बम 'प्रशंसा' भित्र संग्रहित गीत 'पहिले कतै' मा स्वर, शब्द र संगीत स्वयं गायक बालकृष्णको रहेको छ। गीतको संगीत संयोजन फडिन्द्र राईले गरेका हुन्। नेपाली गीत संगीत क्षेत्रमा भर्खरै आफ्नो पाइला टेक्दै गरेका गायक न्यौपाने गीत रचना, संगीत मार्फत निरन्तर अघि बढिरहने बताउछन्।

प्रेम भावको बोकेको म्युजिक भिडियोमा मोडेल सनम कठायत र नताशा ब्लोन फ़िचर्ड छन्। मुकेश हुमागाईले खिचेको भिडियोलाई बिनोद बमले सम्पादन गरेका हुन्। एभरेस्ट ग्यालरी क्रुको निर्माणमा भिडियो तयार भएको हो।

गायक न्यौपानेको अफ़िसिएल च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ। यस गीतबाट गायक न्यौपानेले स्रोता, दर्शक र मिडिया हाउसको सकारात्मक प्रतिक्रिया अपेक्षा राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.