|

पर्सा : प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्ज विद्युत्, टेलिभिजन केबुल, इन्टरनेट र टेलिकमका तारले कुरुप बनाउँदै लगेको छ। बजारको मुख्य सडकदेखि गल्लीसम्म विद्युतका पोलमा टाँगिएका तार असरल्ल देखिन्छ। 

असरल्ल तारका कारण पटक–पटक विद्युतका पोल, ट्रान्सफर्मर र बढी तार भएको ठाउँमा आगलागी भएका छन्। तै पनि स्थानीय सरकार र विद्युत प्राधिकरणले त्यसतर्फ चासो छैन। स्थानीय सरकार र सम्बन्धित निकायको ध्यान नपुग्दा वीरगञ्ज शहरको सौन्दर्य उडेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए।

विपतको जोखिम 

विद्युत् प्राधिकरणले विद्युत् वितरणका लागि बिस्तार गरेका पोलमा अन्य कम्पनीको पनि तार टाँगिएको छ। पोलको क्षमताभन्दा बढी तार टाँगिँदा हावाहुरीका बेला ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले बताए।

काम लाग्ने तारभन्दा पनि काम नलाग्ने तारहरुको जालो झन् बढी छ। यो देख्दा लाग्छ कि वीरगञ्ज नगर नै माकुराको जालोमा जेलिएको जस्तो देखिन्छ। ‘विश्वका धेरै मुलुकका सहर हेर्दै लोभ लाग्दो छन्,’ अध्यक्ष खेतानले भने, ‘तर हाम्रो सहर हेर्दा आभाष पाइँदैन। पर्साको सदरमुकाम समेत रहेको वीरगन्जकम असरल्ल टाँगिएका तारले लज्जित हुनुपर्ने अवस्थामा छ।’

एक अर्कालाई दोष

विद्युतीय पोलहरुको क्षमताभन्दा बढी तार तान्ने र तारले काम गर्न छाडेपछि पनि त्यसलाई नहटाई त्यहीं नयाँ तार टाँग्दा बेकामे तार बढ्दै गएको छ। तारको भारले नै कतिपय पोलहरु ढल्ने अवस्थामा पुगेको छन्। कतिपय पोलहरु बांगिएका छन्। तर, त्यसमा तार टाँग्ने काम भने रोकिएको नरोकिएका स्थानीयको गुनासो छ।

यता विद्युत प्राद्यिकरणले भने आफ्नो तारलाई मात्र आफूले व्यवस्थित गर्ने भन्दै पन्छिँदै आएको छ। विद्युत पोलमा अन्य कम्पनीको तार टाँग्न प्राधिकरणले नै स्वीकृति दिएको विद्युतका कर्मचारीहरु स्वीकार्छन्। 

‘प्राधिकरणको स्वीकृतिबिना अन्य कम्पनीले विद्युत्को पोलमा तार टाँग्न पाउँदैनन्,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘यसमा हाम्रो व्यवस्थापन गम्भीर छैन। हामीजस्ता साना कर्मचारीको कुरा कस्ले सुन्ने?’

महानगरपालिका कार्यालयले भने तार व्यवस्थित गर्ने काम विद्युत् प्राधिकरणको भएको तर्क गर्दै आएको छ। तर, प्राधिकरण उक्त कुरा मान्न तयार छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.