|
फाइल फोटो

पाेखरा  : पोखरा महानगरपालिकाका २१ वटा वडामा सुविधा सम्पन्‍न स्वास्थ्य चौकी भवन निर्माण गरिने भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पोखरा महानगरपालिकाको साझेदारीमा १९ वटा स्वास्थ्यचौकी निर्माण गरिने भएको हो।  

दुईवटा स्वास्थ्य चौकीमा भने राष्ट्रिय योजना आयोगसँग महानगरपालिकाले साझेदारी गरेको छ।  एउटा स्वास्थ्य चोकी भवन निर्माणको लागि ६३ लाखका दरले रकम विनियोजन गरिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए।

उनका अनुसार यो आर्थिक वर्षमा ती सबै स्वास्थ्य चौकीको निर्माण कार्य सुरु गरिने र १५ महिनाभित्र निर्माण सम्पन्‍न गरिनेछ। वडा नम्बर १ देखि १५ सम्म र १७, २९ ३२, ३३  नम्बर वडामा स्वास्थ्य चौकी निर्माण हुनेछ।

यसैगरी, नेपाल सरकार राष्ट्रिय योजना आयोग सिंहदरबार काठमाडौंको विशेष अनुदान र महानगरको लागत साझेदारीमा दुईवटा वडामा सुविधा सम्पन्‍न स्वास्थ्य चौकी निर्माण गरिने भएको छ। 

वडा नम्बर २४ र २५ मा कुल ३ करोड २२ लाखमा एउटा स्वास्थ्य चौकी निर्माण गरिने र यसका लागिप्रति स्वास्थ्य चौकी बहुवर्षीय आयोजनाअन्तर्गत राष्ट्रिय योजना आयोगबाट १ करोड बजेट विनियोजनसमेत भएको महानगरका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.