|

काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले प्रिपेड ग्राहकलाई आफ्नो नेटवर्क रातको समयमा सुलभ दरमा असीमित कुराकानीको अफर ल्याएको छ।

एनसेलले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको हो। जसअन्तर्गत ग्राकहले एनसेल नेटवर्कभित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनसँग बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म मात्र रु १० (रु १२.७७ कर सहित) मा असीमित कुराकानी गर्न सक्ने एनसेलले जनाएको छ।

अनलिमिटेड नाइट भ्वाइस प्याक बिहीबारदेखि संचालनमा रहनेपनि एनसेलले जनाएको छ। यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरि प्याक सुचारु गर्न सक्छन्। त्यस्तै, एसएमएसमार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीको ठूलो अक्षर ‘एनयु’ टाइप गरी १७११८ मा एसएमएस पठाउन सक्नेछन्। प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ।

यो प्याकले ग्राकहलाई थप सुविधा प्रदान गर्ने र आफ्ना साथीभाई तथा आफन्तजनसँग सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ। यो अफर चत्रै ४ गतेसम्म संचालनमा रहने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.