|

पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिगको आइतबारको खेलमा चितवन राइनोजले विराटनगर टाइटन्समाथि जित हात पारेको छ। पारस खड्काको कप्तानीमा रहेको चितवनले प्रदीप ऐरीको कप्तानीमा रहेको विराटनगरमाथि आइतबारको पहिलो खेलमा १८ रनको जित दर्ता गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो। १ सय ४७ रनको लक्ष्य पछ्याएको विराटनगरको सुरुवाती ब्याट्सम्यान क्रिजमा टिक्नै सकेनन्। 

विराटनगरलाई उकास्ने क्रममा पुनित मेहेरा र लोकेश बमले पारी सम्हालेका थिए। त्यसअघि नोमन खानको १८ रन मात्र उल्लेखनीय स्कोर थियो। विराटनगरको खस्किएको पारी सम्हालेका पुनित मेहेरा २४ रन बनाउँदै पभेलियन फर्कंदा लोकेश बम ५० रनमा अभिजित रहे।

चितवनका लागि भुवन कार्कीले सर्वाधिक ३ विकेट लिँदा रोहन मुस्तफाले २ विकेट लिए। त्यस्तै, करण केसी र सन्नी पटेलले समान १/१ विकेट लिए। लगातार ४ खेल जितेको चितवन अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। चितवन अब हुने खेल हारे पनि फाइनल पुग्नेछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.