कर्णालीको पहिलो शर्त बिजुली

|

दैलेख कर्णाली प्रदेशअन्‍तर्गत पर्ने पहाडी जिल्ला हो। यस जिल्लाको पूर्वमा जाजरकोट उत्तरमा कालीकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ला छन्। ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लामा उत्तरमा महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी रहेका छन्।

यस जिल्लामा पर्यटकीय विकासका सम्भावना उच्च छन्। शिरस्थान नाभिस्थान पादुकालगायत क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रुपमा पेट्रोलियम पदार्थ बलिरहेको छ। त्यसको उत्खननका लागि अहिले चीनको प्राविधिक टोलीले अन्वेषणको काम गरिरहेको छ।

यदि पेट्रोलियम पदार्थको खानी पत्ता लागेमा दैलेख मात्र नभएर समग्र कर्णाली र मुलुक नै समृद्ध हुने देखिन्छ। यति सम्भावना बोकेको दैलेखलाई समृद्ध बनाउनका लागि भएका प्रयास र आगामी रणनीतिबारे दैलेख निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मासँग थाहा खबरकर्मी उदयराज अधिकारीले गरेको कुराकानी :

निर्वाचन भएको दुई र्षको अवधिमा के के काम गर्नुभयो?

निर्वाचन भएको दुई वर्षमा जिल्लाको विकासका लागि धेरै काम गरेको छु। त्यसमध्ये दैलेखको पूर्व-पश्चिम भएर जाने मध्यपहाडी लोकमार्गको विवाद समाधान भएको छ। बाँकी रहेको २९ किलोमिटरमा कालोपत्रे गर्ने र यातायातलाई सहज बनाउने कामका लागि आयोजना प्रमुखसँग आवश्यक छलफल गरेर कालोपत्रेको बाँकी कामलाई छिटो टेन्डर गर्ने सहमति गरेका छौँ।

दैलेखको भविष्यसँग जोडिएको त्रिदेशीय सडकको कामलाई अगाडि बढाएको छु। त्यसका लागि संघीय सरकारबाट विनियोजन ५२ करोडको काम मुगुबाट भएको छ।

चुनावको बेला जनताबीचमा गरेको प्रतिबद्धताअनुसार स्थानीय विकास साझेदारी कार्यक्रमको ६ करोड रकम उक्त सडकमा खर्च गर्ने निर्णय भएको छ। अघिल्लो आर्थिक वर्षमा स्थानीय विकास पूर्वाधारको सबै रकम विद्युतमा खर्च गर्ने निर्णय भयो। अहिले धमाधम टेण्डरका काम भएका छन्।

निर्वाचन क्षेत्र नं १ का १ नगरपालिका र ४ गाउँपालिकाका सबै गाउँमा विद्युत् पुग्ने निश्चित भइसकेको छ। गाउँमा विद्युत् पुगेपछि विभिन्न उद्योग स्थापना हुने र युवाले गाउँमै रोजगारी पाउने एउटा महत्वपूर्ण काम हुनेछ।

अन्य सामाजिक विकासका कामहरूलाई पनि प्राथमिकताका साथ गरिरहेका छौँ। अबको पाँच वर्षभित्र दैलेख निर्वाचन क्षेत्र नं १ विकास र समृद्धिको यात्रामा लम्किनेमा विश्वस्त छु।

निर्वाचनका बेला गरेको घोषणापत्रअनुसार कति काम गर्नुभएको?

हो हामीले निर्वाचनको बेला जनताका बीचमा गरेका प्रतिबद्धताअनुसार नै काम गरेका छौँ। मैले अघि भनेको मध्यपहाडी लोकमार्गको विवाद मिलाउने र त्यसको स्तरोन्नति गर्ने नै हो। त्यो काम भइरहेको छ। विद्युत् विस्तारको काम पनि घोषणापत्रअनुसार नै हो।

दैलेखमा सयौँ वर्षदेखि बलिरहेको पेट्रोलियम पदार्थ अन्‍वेषणको कामलाई अगाडि बढाउने भनेका थियौँ। प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले घोषणा गर्नु भएबमोजिम अहिले उत्खननको काम भइरहेको छ। यो योजना सफल भए दैलेख मात्र नभई सिंगो मुलकको भविष्य उज्वल हुनेछ।

दैलेख जल, जमिन जंगलका हिसाले महत्वपूर्ण जिल्ला भएर पनि राज्यले त्यसको सदुपयोग गरेको छैन तपाईंको भूमिका के हुन्छ?  

दैलेख हरेक हिसाबले महत्वपूर्ण जिल्ला हो। हाम्रो जिल्लामा प्रशस्त सम्भावना छन्। दैलेख धार्मिक पुरातात्विक र ऐतिहासिक हिसाबले काठमाडौं लुम्बिनीपछिको महत्वपूर्ण जिल्ला हो। राष्ट्रिय राजनीतिको मूलधारमा आउन नसकेका कारण पनि दैलेखका सम्पदा ओझेलमा परेको जस्तो लाग्छ  तर पनि हामीले दैलेखको विकास र समृद्धिको यात्रालाई अगाडि बढाएका छौँ।

हामीले देखेको दैलेख अबको केही वर्षमा सुन्दर बन्ने निश्चित छ। दुल्लुको सिँजा साम्राज्‍यको शीतकालीन राजधानी पनि हो यहाँ अनेक ऐतिहासिक पुराना सम्पदा छन्। तिनीहरूको संरक्षणका लागि पनि पर्यटन मन्त्रालय र स्थानीय तहबाट काम भएका छन्। नौमुले हाइड्रो हब बन्न लागेको छ।

त्यहाँबाट उत्पादन भएको बिजुलीसमेत सदुपयोग गर्न सक्यौँ भने हाम्रो लागि ठूलो उपलब्धि हुनेछ। जिल्लामा रहेका सम्पदालाई हामीले राष्ट्रिय अन्‍तर्राष्ट्रिय रूपमा अगाडि बढाउने उद्‍देश्यले प्रदेश सरकारसँग दैलेखमा रहेका पर्यटकीयस्थलको विकास गर्ने विषयमा परामर्श भएको छ।

महाबुलेक श्रीस्थान नाभिस्थान दुल्लुको ऐतिहासिक शिलालेख दैलेखको गढी कृति खम्बाहरू पञ्चदेवल खम्बाहरूको विकाससँगै संरक्षण गर्न कुरा अगाढि बढाएका छौँ। 

माथिल्लो कर्णालीका जलविद्युतको विषयमा तपाईंरूले किन चासो देखाउनु भएन?

माथिल्लो कर्णाली जलविद्युत् आयोजना नेपालको सबैभन्दा सस्तो आयोजना हो। आयोजना सञ्‍चालनमा आएपछि समृद्ध कर्णाली हुन्छ। अहिलेसम्म किन निर्माणको काम सुरु भएन भन्ने कुरामा हाम्रा कतिपय नीतिगत समस्या पनि छन्।

ती समस्यालाई समाधान गर्न केही समय लागेकाले ढिलाइ भएको हो। लगानीबोर्डको कार्यालयमा जिल्लाका तीनैजना माननीय बसेर माथिल्लो कर्णाली आयोजनाको काम छिटो सुरु गर्न भनिसकेका छौँ।

जंगलको व्यवस्थापन गर्ने र मुआब्जाको कुरा पनि ढिलो भएको छ ऊर्जा निकासी पैठारी गर्ने कुरामा बाहिर पठाउने कुरामा कानुनी जटिलता भएकाले ढिलो भएको भन्ने बुझेका छौँ। तर, हामी त्यसका लागि केही नगरेका चाँहि होइनौँ।

जिएमआरले आफू बनाउँछ छिटो गतिका साथ अगाडि बढाओस् यदि बनाउँदैन भने नेपाल सरकारले आफ्नो नेतृत्वमा निर्माण गर्ने होकि अर्को प्रतिस्पर्धामा दिने हो अब ढिला गर्नु भनेको सिंगो कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र यो मुलुककै एउटा राष्ट्रिय पुँजी निर्माण गर्ने कुरामा अवरोध हुनु हो। यसलाई छिटो टुंगोमा पुर्‍याउने कुरामा हामी लागेका छौँ।

दैलेखबाट २ प्रतिनिधिसभा ४ प्रदेशसभामा निर्वाचन जितेको नेकपाले एउटा पनि मन्त्री राज्यमन्त्री पा के भन्‍नुहुन्छ?

मेरै नेतृत्वमा जिल्लाका ४ प्रदेश र २ प्रतिनिधिसभामा बहुमतका साथ विजयी हासिल गरेका छौँ। त्यो मात्र नभई जिल्लाका ११ स्थानीय तहमध्ये ७ स्थानीय तहमा प्रमुख जितेका छौँ २ स्थानमा प्रमुखबाहेक अरू सबै हाम्रो पार्टीले जितेको छ।

यसले पनि दैलेख कम्युनिष्टहरूको लालकिल्‍ला भन्ने प्रमाणित हुन्छ। तर, पार्टीको केन्द्रीय नेतृत्वले कसलाई मन्त्री बनाउने नबनाउने काम पार्टीको हो। पार्टीले आवश्यकता ठाने अवसर दिने कुरा हो। तर, आफैँले दैलेखलाई मन्त्री पद चाहियो भनेर भनेको छैनौँ। त्यसमा पार्टीले सोच्ने कुरामा आफू विश्वस्त छु। दैलेखलाई मन्त्री नभएर राज्यमन्त्री दिनुपर्छ त्यसले गर्दा पनि आगामी निर्वाचनमा सजिलो हुन्छ जस्तो लाग्छ।

जिल्लामा भएको गुटकै कारण दैलेखले मन्त्री नपाएको चर्चाबारे के भन्‍नुहुन्छ?

पार्टीले आवश्यकता भयो भने गुट उपगुट हेर्दैन जस्तो लाग्छ। हाम्रो कमजोरी के हो भने हामीले पार्टीका नेताकामा गएर यसलाई मन्त्री बनाउनुपर्‍यो भनेर भनेका छैनौँ त्यसमा हाम्रो कमजोरी होला तर गुटकै कारण मन्त्री पद नदिएको भन्ने होइन।

जिल्लामा पार्टी एकीकरण टुंग्याउँदा अध्यक्षले एकलौटी गर्नुभयो भन्‍ने छ नि?

त्यो कदापि होइन पार्टी केन्द्रको निर्देशनअनुसार नै जिल्लाका स्थानीय तहमा हामीले पार्टी कमिटी निर्माण गरेका छौँ। त्यसमा पार्टीका केही साथीले मात्र नेतृत्व गर्नुहुन्छ। हामीले पार्टी समिति निर्माण गर्दा सर्वसम्मत नै गरेका हौँ। तर, एक/दुईजना साथीहरू आफू नपरेपछि त्यसको विरोध गर्नुभएको हो। त्यो पनि समाधान भइसक्यो पार्टी एक ढिक्का भएर सरकारले गरेको राम्रा काम लिएर जनतामाझ जाने तयारी गरेको छ।

पार्टीको विवाद मिल्यो भन्‍नुहुन्छ। केही स्थानीय तहमा गठन गरिएको पार्टी कमिटीले पथ खुवाउन सक्नुभएको छैन त?

हामीले स्थानीय तहका कमिटी निर्माण गरेपछि शपथग्रहण गराउने कार्यक्रम दैलेखको निर्वाचन क्षेत्र नं २ मा सकिएको छ। निर्वाचन क्षेत्र नं १ को पनि केही स्थानीय तहमा पनि शपथग्रहणको काम सकिएको छ। केही स्थानीय तहमा शपथ खुवाउन बाँकी छ। दुई पार्टी एकीकरण गरेर कमिटी निर्माण गर्दा सामान्य विवाद आउनु स्वाभाविक हो। बाँकी रहेका स्थानीय तहका पार्टी कमिटीको शपथग्रहण चाँडै हुन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.