|

काठमाडौं : साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी  प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै छिन्। प्रसिद्ध गायिका भोस्लेले शनिबार संगीतकार रणजीत गजमेरको संगीतमा  काठमाडौंमा तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए। 

'उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छु', मोक्तानले भने। यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन्।

८० वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ। उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यैलगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसंगीतमा ठूलो योगदान दिएकी छन्।  

'नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ', मोक्तानले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.