|

काठमाडौं : राजधानी काठमाडौंमा नेपाल र चिनीया कलाकारको मैत्रीकला प्रर्दशनी सुरु भएको छ।

बबरमहलस्थित नेपाल कला परिषद्मा बिहीबारदेखि सुरु भएको प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्य र चीनका प्रख्यात कलाकार झेन झोन्गीका चित्रकला र मूर्तिकलाहरू राखिएको छ।

नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी संघले नेपाल-चीन दौंत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा दुई देशका कलाकारहरूको मैत्रीकला प्रदर्शनी गरेको हो। प्रर्दशनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे। क्यानभासमा गणेशको चित्र कोरेर उपराष्ट्रपति पुनले मैत्रीकला प्रर्दशनीको उद्घाटन गरेका हुन्

औपचारिक उद्घाटनपछि उपराष्ट्रपति पुनले चित्रकला प्रर्दशनीको अवलोकन पनि गरेका थिए। प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्यका २४ वटा गणेशको चित्रको साथै १० वटा नेपाली मूर्ति र चिनियाँ कलाकार झेन झोन्गी का ३० वटा श्यामश्वेल चित्र प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीले दुई देशबीच प्राचीन कालदेखि कायम धार्मिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पुर्‍याउनुका साथै चीन र नेपालबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ कलाकार झेन झोन्गीले दुवै देश पुरानो सभ्यता र संस्कृतिको धनी भएकाले दुवैको सम्पदाको प्रयोग र कला तथा सीप आदान प्रदानमा प्रर्दशनीले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे।

हपेई एकेडेमी अफ फाईन आर्टसका डिन समेत रहेका चित्रकार झोन्गीले नेपालमा आयोजित कला प्रदर्शनीमा सहभागी हुन पाउदा आफू अत्यन्तै खुसी भएको बताए। शिक्षा क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएका चिनीया कलाकार झोन्गीले विश्वका विभिन्न स्थानमा कला प्रर्दशनी गरिसकेका छन्।

कार्यक्रममा क्रोधकला शिरोमणी वरिष्ठ मूर्तिकार कालु कुमाले, वरिष्ठ समाजसेवी अम्बिका श्रेष्ठ, चिनिया कलाकार झेन झोन्गी, वरिष्ठ चिनिया पत्रकार सु हाओ, लगायतलाई सम्मान गरिएको थियो। प्रर्दशनी ५ दिनसम्म चल्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.