|

बलिउड स्टार सलमान खानले आफ्नो ५४ औँ जन्मदिन आज मनाउँदै छन्।  उनको  ५४ औँ जन्मदिन झन स्पेशल बन्दै छ किनकी आज नै  मामा बन्दैछन्। उनकी बहिनी अर्पिताले बच्चा पाउन लागेकी छन्।

डाक्टरहरूका अनुसार सलमान खानको जन्मदिनमा नै बच्चाले आँखा खोल्नेछन्। यसकारण, सलमानले यस पटक आफ्नो जन्मदिन पनवेलमा आफ्नो फार्म हाउसको सट्टा बहिनी अर्पिताको डिलिभरी हुने अस्पताल नजिकै भाइ सोहेल खानको घरमा मनाउने छन्।

सन् १९६५ डिसेम्बर २७ अर्थात् आजकै दिन पिता सलिम खान र माता सल्मा खानको कोखबाट उनको जन्म भएको थियो। बलिउडका स्टार अभिनेता सलमानले भारतीय फिम्म इन्डष्ट्रीमा थुप्रै अवार्ड जितेका छन्। दुई पटक भारतीय नेशनल अवार्ड जितिसकेका ५३ वर्र्ष अविवाहित खान अझै युवाको जस्तै जोश छ।

भर्खरै मात्र रिलिज भएको फिल्म दबङ–३ ले १०० करोडको आँकडा पार गरिसकेको छ।

आफ्नो जन्मदिन प्राय गोप्य राख्ने अभिनेता खानले यो जन्मदिन भने आफै सार्वजनिक गरे। उनले आफ्नी बहिनी आमा बन्न लागेकोले जन्मदिनमा बहिनीसँग बिताउन चाहन्छन्। त्यसैले पनि उनले आफैले जन्मदिन सार्वजनिक गरेका हुन्। विश्वका महंगा अभिनेतामा उनको नाम पनि अग्र स्थानमा छ। 

बेला बेलामा विवादमा आइरहने खानले सन् १९८८ मा फिल्म बिबी हो तो ऐसीबाट डेब्यू गरेका थिए। त्यसपछि उनले आफूलाई कहिलै पछाडि फर्केर हेर्नुपरेन्।  सलमान ईद २०२० मा रिलीज हुने आफ्नो फिल्म राधेको शूटिंगमा व्यस्त छन्। 

उनलाई कालो हरिण मारेको आरोपमा जोधपुरको अदालतले पाँच वर्ष जेल सजाय तोकेको थियो। उनी दुई दिन जोधपुर जेल बसेका सलमानलाई सन् २०१८ अप्रिल ५ मा २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। । 

१ अक्टोबर १९९८ को रात सलमान र उनका साथीहरुले जोधपुर नजिकै कांकाणी गाउँमा संरक्षित वन्यजन्तुमा रहेको दुई कालो हरिणको शिकार गरेका थिए।  

त्यस्तै सन् २००२ मा उनीमाथि मुम्बईको फुटपाथमा सुतिरहेका मानिसलाई गाडीले किचेर मारेको अभियोगमा तल्लो अदालतले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो। त्यसको १३ वर्षपछि उनलाई मुम्बई उच्च अदालतले २०१५ मा निर्दोश सावित गरेको थियो।  

सलमानको जन्मदिनमा शाहरुख खान, कट्रिना कैफ, डेभिड र वरुण धवन, कबीर खान र उनकी श्रीमती मिन्नी माथुर, र जैकलिन फर्नांडीजलाई निम्ता गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  प्रभुदेवा, सोनाक्षी सिन्हा र साई मांजरेकर पनि पार्टीमा उपस्थित हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.