|

काठमाडौं :  नेपाली मुक्तकको विकास र विस्तारका लागि नेपाल मुक्तक प्रतिष्ठानको स्थापना भएपछि नेपाली मुक्तकले विश्वव्यापी रूप लिएको छ। दुई महिनाअघि अमेरिककाको न्यूयोर्कमा प्रतिष्ठानको शाखा गठनपछि शनिबार मुक्तक मेलाको अमेरिका श्रृंखला शुरू भएको छ।

शाखा अध्यक्ष आनन्द श्रेष्ठको सभापतित्व र र नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा आरम्भ भएको मेलाको प्रथम श्रृंखलामा न्यूयोर्क, न्यूजर्सी,बोस्टन, न्यूह्यामसायर,नर्थ क्यारोलिना तथा अमेरिकाका विभिन्न राज्यका ५ दर्जनभन्दा बढी साहित्यकार, साहित्यअनुरागी, पत्रकार, समाजसेवीहरूको सहभागिता थियो।

मेलामा प्रतिष्ठानका उपाध्यक्ष किशन सिंह धामीले आमन्त्रित अतिथिहरूलाई स्वागत गरेका थिए। मेलामा दर्जनौ मुक्तककारले विभिन्न विषय र भावका मुक्तक सुनाए भने मदन पुरस्कार विजेता योगमाया उपन्यासकी सर्जक नीलम कार्की निहारिकालाई परदेशमा रहेर पनि नेपाली साहित्यलाई दिएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

 सोही अवसरमा अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरका नव निर्वाचित पदाधिकारीहरूलाई दोसल्ला ओढाई बधाई तथा शुभकामना पत्र दिई प्रदान गरियो।

 मेलामा संयोजक श्रेष्ठल आगामी दिनमा पनि यस्तै मेलालाई निरन्तरता दिँदै अमेरिकाको विभिन्न राज्यबाट समेत प्रतिनिधित्व हुने गरी मुक्तक कृति प्रकाशन गर्ने जानकारी दिए। आफैँ कलाकार समेत रहेका प्रतिष्ठनका सचिव ज्योतिकुमार श्रेष्ठले सूत्रधारको भूमिकामा क्वीन्स पब्लिक लाईब्रेरीको कक्षलाई थप रौनकता दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.