पर्यटनको क्षेत्रमा दीर्घकालीन योजनाको लक्ष्य

|

‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ यही १ जनवरी २०२० मा काठमाडौंको दशरथ रङ्गशालामा भव्यताका साथ हुँदैछ। ठीक त्यही दिन सातैवटा प्रदेशहरूमा पनि एक साथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ हुनेछ। हामीले यसका लागि आवश्यक तयारी पूरा गरेका छौँ। 

 म गत साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा आएँ। त्यसयताका अधिकांश मेरो समय यही ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीमा खर्चिए। यसबीचमा अनेकौं छलफल र बैठकहरू सम्पन्न गरेका छौँ। करिब एक सय भन्दा बढी संघ, संस्था, सरकारी तथा सरोकारवाला निकायहरूसँग छलफल गरेका गर्‍यौं। निजी क्षेत्र, गैरसरकारी संस्थाहरू, अन्तर्राष्ट्रिय क्षेत्र, नेपालस्थित कूटनीतिक नियोग, सामाजिक क्षेत्र, स्वंमसेवी समूह–संगठन लगायतका अनेकौं क्षेत्रहरूसँग हामीले छलफल गर्‍यौं। 

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरेको छ। वास्तवमा देशभित्र भएका ती छलफलहरू २० लाख पर्यटक कसरी भित्र्याउने? केवल त्यसमा मात्रै केन्द्रित थिएन। राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रूपमा कसरी मनाउन सकिन्छ? राष्ट्रिय महाअभियानको रूपमा कसरी लैजान सकिन्छ? के के गर्दा पर्यटनका लागि राष्ट्रिय मनोविज्ञान तयार हुन्छ? र, हामीले पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना र सपनाहरू कसरी पूरा गर्न सकिन्छ? ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई कसरी बनाउन सकिन्छ? आर्थिक र सामाजिक असमानताहरूको अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामूलक समाज निर्माणमा पर्यटन क्षेत्रको कस्तो योगदान हुनेछ। हाम्रो ध्यान र छलफल त्यतातिर केन्द्रित थियो। र, त्यसैतर्फ केन्द्रित हुनेछ। 

हाम्रो प्रयास र प्रयत्न सिङ्गो मुलुकलाई उत्सवमय बनाउने हो। हरेक नेपालीहरूलाई यो अभियानमा जागरुक र उद्देलित बनाउने हो। यो अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनु हो। नेपाल पर्यटनका लागि संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य हो भनेर दुनियाँलाई थाहा दिनु हो। विश्वभरीका लगानीकर्ताहरूलाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि हो। 

पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्राण्डिङ्गमा कस्तो परिवर्तन आउने छ ? यही प्रश्नहरूलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौँ। आगमी दिनमा तपाई हाम्रो सहकार्यले यी प्रश्नहरूको वास्तविक समाधान पनि हुदै जानेछ। 

 संख्या त छँदैछ, हामीले त्यो भन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनलाई प्रमुख मानेका छौँ। २० लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ? पर्यटनमा कति गुणस्तरीयता आउने छ ? पर्यटन क्षेत्रबाट राजश्व तथा रोजगारी कति बढ्ने छ? समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कस्तो योगदान दिनेछ ? पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्राण्डिङ्गमा कस्तो परिवर्तन आउने छ? यही प्रश्नहरूलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौँ। आगमी दिनमा तपाई हाम्रो सहकार्यले यी प्रश्नहरूको वास्तविक समाधान पनि हुँदै जानेछ। 

आजसम्मका अनेकौं छलफलका क्रममा देखिएको सहभागिता, सक्रियता र प्रतिबद्धताले हामीलाई उत्साही नै बनाएको छ। ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्दर्भमा कायम भएको राष्ट्रिय एकताले हामी उत्साही छौँ। सबै क्षेत्रले यसलाई सफल बनाउन जाहेर गर्नुभएको प्रतिबद्धताले हामीलाई थप ऊर्जा थपिएको छ। हामीले छलफलकै क्रममा सबै राजनीतिक दलका प्रमुखहरूसँग पनि छलफल गरेका छौँ।

यसलाई राष्ट्रिय उत्सवकै रूपमा लैजानुपर्नेमा उहाँहरूको जोड छ। सरकार यो अभियानको सहजकर्ता र व्यबस्थापक मात्रै हो, सिंगो देश यो अभियानको आयोजक हो। सबै राजनीतिक दल, नीजि क्षेत्र, सामाजिक संघ संस्थाहरू, गैरसरकारी संस्थाहरू सबै आयोजक हुन्। 

 हामीले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा छलफल गरेका छौँ। राजदूतहरूले साँच्चीकै नेपाल नयाँ बाटो र नयाँ क्षितिजतिर लम्किएको प्रतिक्रिया सहित खुशी व्यक्त गर्नु भएको छ।

हामीले भनेको संख्या र सन्देश दुवैका लागि त्यो छलफल उपलब्धिमूलक ठानेका छौँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकलगायत अन्तराष्ट्रिय क्षेत्रमा काम गरिरहेका अनेकौ संस्थाहरू पनि छलफल गरेका छौँ। 

 सरकारले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को शुभारम्भको दिन सबैलाई देशभरी दीपावली गरेर स्वागत गर्न आह्रवान गरेको छ। सबै सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कूटनीति नियोगका कार्यालहरूमा सबैले दीपवाली गर्नुहुनेछ। त्यो दीपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको संकेत गर्नेछ। अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिर उन्मुख छ भन्ने सन्देश दिनेछ। म तपाईंहरूमार्फत आम जनसमुदायलाई अपिल गर्न चहान्छु, त्यो दिन सबैले दीपावली गरौँ। र, दुनियाँलाई भनौं, ‘अबको हाम्रो यात्रा उज्यालोतर्फ अघि बढेको छ।’

‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीदेखि शुभारम्भको पूर्वसन्ध्यामा आइपुग्दासम्म अर्को खुशीको विषय हो, नेपाली सञ्चार क्षेत्र र तपाईं सञ्चारकर्मीहरूले महत्वपूर्ण भूमिका। वास्तवमा यो देशको प्रतिष्ठासँग गाँसिएको कार्यक्रमको रूपमा लिएर तपाईहरूले यसको प्रचारमा गर्नुभएको सकारात्मक योगदान असाध्यै प्रशंसायोग्य छ। 

पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौँ, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन। त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान बिन्दु मान्ने छौँ। २०२० देखि २०३० लाई पर्यटन दशकको रूपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौँ। सरकारको त्यो दशक अभियानमा यहाँहरूको उस्तै सक्रियता, सहभागिता र सहयोग हुने नै छ। 

सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्‍बद्ध संघ संस्थाहरू, सामाजिक क्षेत्र, स्वयंसेवी समूह–संगठन, सामाजिक संघ संस्थाहरूको ब्यानर र पोसाकसहित मार्चपास रहनेछ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति रहनेछ। नेपालको ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। नेपालको सांस्कृतिक विविधता झल्किने मौलक प्रस्तुतिहरू रहनेछन्। 

अब मु्लुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढेको छ। पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येका एक बनाउने सरकारको योजना छ। पर्यटनबाट नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ। १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ। 

यसका लागि  पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा हामीले जोड दिएका छौँ। पर्यटनमा गुणस्तरता, बजारीकरण र ब्राण्डिङ हाम्रो प्राथमिकता हो। मानव संशाधनको विकास, सांस्कृति सम्पदाहरूको विकास, पर्यटनमा अध्ययन अनुसन्धानमा जोड दिँदै आएका छौँ।

नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउनमा सरकारको ध्यान केन्द्रित छ।

 ‘नेपाल भ्रमण वर्ष–२०२०’ सँगसँगै हामी यी कामहरूलाई अघि लैजानेछौँ। यो यात्रामा तपाईं हामी सँगै र साथै रहनेछौँ।  

(मन्त्री भट्टराई भ्रमण वर्ष उद्घाटनको तयारोको सन्दर्भमा सोमबार आयोजित कार्यक्रममा राखेको धारणाको सम्पादित अंश)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.