कांग्रेसलाई सहमतिमै चलाएको जिकिर

|

विराटनगर : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताएका छन्। 

विराटनगर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग कुरा गर्दै सभापति देउवाले पार्टीलाई बलियो एवम् सुदृढ बनाउने विधानलाई आफूले नमिचेको स्पष्ट पारेका छन्। 

सभापति देउवाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुख र उपसभामुख पाउनुपर्ने पनि माग गरेका छन्। उनले बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने धारणा राखे। 

उनले पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी सङ्घमा छिट्टै नेतृत्व ल्याउने उल्लेख गरे। एक प्रश्‍नको जवाफमा सभापति देउवाले पार्टीभित्र एकता र मेलमिलाप नै रहेको जिकिर गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.