|
फाइल फोटो

मोरङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नैतिक हैसियत गुमाएका व्यक्ति पार्टी सभापति बन्न नसक्ने भन्दै शेरबहादुर देउवालाई पद त्याग्न सुझाव दिएका छन्। मोरङको कानेपोखरीमा आयोजित राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले देउवालाई सभापति पद त्याग्न सुझाब दिएका हुन्।

'विभिन्न काण्डमा देउवाको नाम जोडिन्छ यसरी नैतिकता गुमाएर अझै पार्टी सभापति पद ओगटेर बस्न उहाँलाई सुहाउँदैन्' कोइरालाले भने। अधिवेशन नहोस भनेर देउवा लागेको भन्दै यसको विरुद्ध सबै कांग्रेस एक हुनु पर्ने उनको तर्क थियो।

भाषणको अधिकांस समय सभापति देउवाविरुद्ध खर्चिएका कोइरालाले देउवालाई गुटको चगुलबाट बाहिर आउनसमेत चुनौती दिए।

कोइरालाले फरक प्रसंगमा वर्तमान सरकार नेपाल ट्रस्टको सम्पत्ति कम्पनीलाई दिएर व्यवसायीलाई भष्टाचार गर्न उत्प्रेरित गरिरहेको आरोप लगाए। 'यती होल्डिङलाई देशका सम्पत्ति दिएर देशलाई भष्टाचारको दलदलमा फसाइरहेको छ' कोइरालाले भने ।

सरकारले देशमा 'कन्ट्रोल डेमोक्रेसी' ल्याउन लागेको आरोप लगाए। 'प्रधानमन्त्रीले आफ्नौ मातहतमा सुरक्षा परिषद, अख्तियार, सेना र राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व विभाग ल्याएर लोकतन्त्र मास्न उद्धत रहेको छन्' उनले भने।

सोहि कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पञ्चायत र राजाविरुद्ध लडेको कांग्रेसले अब कम्युनिष्टविरुद्ध लडनु पर्ने बताए। कम्युनिष्टविरुद्ध लडने एक मात्र उद्देश्य कांग्रेसको रहनुपर्ने उनको तर्क थियो। कम्युनिष्टले नेपालको स्वतन्त्रतामाथि धावा बोलेकाले कम्युनिष्टविरुद्ध लडने शंकल्प लिनुपर्ने उनको भनाई थियो।

४४औं मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस नेता सुनिल शर्मा, वसन्त भट्टाराईलगायत बोलेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.