|

डडेल्धुरा : डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाले बुधबारदेखि ‘घुम्न जाऔँ अमरगढी’ अभियानको सुरुवात गरेको छ।

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न नगरपालिकाले ‘घुम्न जाऔँ अमरगढी’ अभियानको सुरुवात गरेको हो।  नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पानसमा बत्ती बालेर अभियानको शुभारम्भ गरेका हुन्। ‘घुम्न जाऔं अमरगढी’ अभियानको शुभारम्भ कार्यक्रममा स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, देउडा, हुड्केली, प्रदर्शन गरिएको थियो। 

सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेका बेला ‘घुम्न जाऔँ अमरगढी’ अभियानको शुभारम्भ कार्यक्रममा परम्परागत पहिरनमा महिला देउडा खेले। विदेशबाट आएका पर्यटकहरू रमाए। भ्रमण वर्षको शुभारम्भमा यहाँ भारतलगायतका अन्य देशबाट पर्यटकहरू आएका थिए।

उक्त कार्यक्रममा डडेल्धुराबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको सहभागिता रहेको थियो। ‘घुम्न जाऔं अमरगढी’ अभियान सफल पार्नका लागि नगरप्रमुख विशेश्वरप्रसाद ओझाको संयोजकत्वमा ६ सय जनाको मूल समिति निर्माण गरिएको छ। अमरगढी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, अमरगढीभित्र अध्यापन गराइरहेका शिक्षक, स्वयंसेविका, यहाँका व्यवसायीलगायतको सहभागितामा उक्त समिति गठन गरिएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.