|

कास्की : गण्डकी प्रदेशको राजधानी सहर पोखरा आसपासमा भूकम्पको धक्का महसुस भएको छ। 

बिहीबार राति ९ बजेर ५९ मिनेटमा कास्कीको घाचोक केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। 

यो भूकम्प गोरखा भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ। भूकम्पले कास्कीका पोखरासहितका ठाउँमा धक्का दिएको छ। नजिकै केन्द्रबिन्दु भएकाले कडा कम्पन हुँदा पोखरामा मानिसहरु सडकमा निस्किएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.