गण्डकीका दुवै उम्मेदवारबीच चुनाव हारेको संयोग

|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको चयन प्रक्रिया टुंग्याएको छ। उम्मेदवार दुई पूर्वपार्टीकै आधारमा भागबण्डा गरिएका हुन्। 

नेकपाले १६ जना उम्मेदवारको नाम टुंगो लगाउने क्रममा पूर्व एमाले र पूर्व माओवादीबाटै सिफारिस भएको हो। भागवण्डामा पूर्व एमालेका ९ जना र पूर्व माओवादीका ७ जना नेताहरु उमेद्‍वार बनेका छन्। 

राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गते गर्ने गरी निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ। ५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ।

राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ। राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ।

म्याद सकिने को को?

भागवण्डा अनुसार अनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ।

उम्मेदवार को कताबाट?

प्रदेश १

प्रदेश १ बाट इन्दु गौतम, गोपी अच्छामी र देवेन्द्र दाहाल उम्मेदवार बनेका छन्। तीनजनामध्ये अच्छामी पूर्वमाओवादीबाट हुन् भने गौतम र दाहाल पूर्व एमालेबाट हुन्।  नेकपाले गौतमलाई महिलाबाट, दाहाललाई अन्यबाट र अच्छामीलाई दलितबाट उम्मेदवार बनेका हुन्। दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता हुन्।

प्रदेश २

प्रदेश २ मा नेकपा र राजपाले साझेदारी गरेका छन्। जसमा राजपाको भागमा २ सिट परेको छ। नेकपाको तर्फबाट राधेश्याम पासवान र तुलसा दाहाल उम्मेदवार बनेका छन्। दाहाल पूर्व एमाले र पासवान पूर्व माओवादी हुन्। 

प्रदेश ३

त्यस्तै नेकपाले प्रदेश ३ बाट नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका डाक्टर बेदुराम भुसाल र गंगा बेलवासेलाई उम्मेदवार चयन गरेको छ।  भुसाल र बेलवासे दुवै पूर्वएमालेबाट हुन्।   

गण्डकी प्रदेश

गण्डकी प्रदेशबाट नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने उम्मेदवार बनेका छन्। श्रेष्ठ पूर्व माओवादी र न्यौपाने पूर्व एमाले हुन्। न्यौपाने तनहुँबाट मेयरमा उठेर पराजित भएकी थिइन्। श्रेष्ठ पनि गोरखामा प्रतिनिधि सभामा चुनावमा डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।

प्रदेश ५

प्रदेश ५ बाट बिमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई नेकपाका उम्मेदवार हुन्। तीनजना उम्मेदवारमध्ये शर्मा पूर्व माओवादी हुन् भने घिमिरे र भट्टराई पूर्व एमाले हुन्।  

कर्णाली प्रदेश

कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा, सुमित्रा बिसी राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका छन्। शर्मा पूर्व माओवादी हुन भने बिसी एमाले हुन्।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशबाट शारदा भट्ट र तारामान स्वाँर उम्मेदवार भएका छन्। स्वाँर पूर्वमाओवादी हुन भने भट्ट पूर्व एमाले हुन्।

सम्बन्धित समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.