|

पर्सा : मान्छे लाई जिउँदै इँटाभट्टामा हालेर मारेको ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रौतहटका मोहमद अफताव आलमको आगामी मुद्दाको सुनुवाइ पर्सामा सार्न चाहेको वादीको चाहना बिहीबार पूरा भएन।

मुद्दाको स्वच्छ सुनुवाइ र साक्षी सुरक्षा लगायतमा असर पर्ने भन्दै वादीको तर्फबाट नारायण सिंह राजपुतसहित नेपाल सरकारको तर्फबाट पर्सामा सार्न चाहेका वादीको चाहना बिहीबार पूरा नभएको हो। 

आलम प्रतिवादी रहेको कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दा पर्सामा सर्ने नसर्ने किनारा आगामी माघ २ गतेको संयुक्त सुनुवाइपछि मात्र रौतहट जिल्ला वा पर्साबाट सुनुवाई हुने भन्ने किनारा लाग्ने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार ठाकुर खरेलले बताए।

उनले रौतहट जिल्ला अदालतमा सो मुद्दाको स्वच्छ सुनुवाइमा असर पर्ने भन्दै वादीको तर्फबाट नारायण सिंह राजपुतसहित नेपाल सरकारले पर्सामा मुद्दाको सुनुवाई सार्न चाहेको बताए। उनले यो विषयमा बिहीबार सर्ने नसर्ने किनारा लाग्न नसकेको बताए।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा मुख्य भई काम गर्ने न्यायधिश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलासमा बिहीबार सो मुद्दा पर्सामा स्थानान्तरण हुने नहुने बारे ११ जना कानुन व्यवसायीले बहस गरेका थिए। तर मुद्दाको सुनुवाई गर्ने नगर्ने बारे किनारा लाग्न अझै माग महिना कुनु पर्ने भएको छ। 

उक्त मुद्दामा वादी राजपुतसहित नेपाल सरकारले सार्न चाहेको भन्दा अगाडि नै प्रतिवादी मोहमह अफताव आलमको तर्फबाट रौतहट जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्ने आदेश आफ्नो हितमा नभएको भनी निवेदन उच्च अदालत जनकपुरको अस्थायी इजलासमा परिसकेको छ।

 उनको मागदाबी र वादी राजपुतसहित नेपाल सरकार समेतको पनि फरक मागका विषय फरक-फरक रहे पनि विषयको अन्तरवस्तु एउटै रहेको र सम्बन्धित सक्कल मिशिलसमेत अध्ययन गरी प्रस्तुत निवेदनमा माग भएअनुसार आदेश स्वीकृत हुने/नहुने निश्चित छैन। 

एकैसाथ निर्णय गर्ने भनी आगामी माघ २ गते वादी प्रतिवादीका निवेदन संयुक्त रूपमा पेश गर्न बिहीबार आदेश भएको छ। गएको पुस १० गते रौतहट जिल्ला अदालतको थुनछेक आदेश उपर यस अदालतमा प्रतिवादी आलमले दिएको निवेदन सम्बन्धित सक्कल मिशिल साथै राखी कैफियत प्रतिवेदन गर्नु भन्ने आदेश यही अदालतबाट भएको छ।

आदेशमा हालसम्म उक्त आदेश अनुसारको सक्कल मिशिल प्राप्त नभएकोले सो आदेशको कैफियत र सक्कल मिशिल अगामी २९ पुससम्म प्राप्त गरिसक्ने गरी कार्य गर्नु भनी आदेश भएको छ। 

अफताव आदम प्रतिवादी रहेको विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दाको सक्कल मिसिल रौतहट जिल्ला अदालतबाट आएपछि संयुक्त रूपमा पूर्ण इजलासले सुनुवाई गर्नेछ।  पूर्ण इजलासबाट सुनुवाई भएपछि मात्र आलमसँग जोडिएको मुद्दाको आगामी सुनुवाइ रौतहटमा हुने कि पर्सामा हुने भन्ने किनारा लाग्ने उच्च अदालत अस्थायी इजलास वीरगन्जले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.