विश्व

जलवायु परिवर्तनको असर : हिमालमा ५ हजारभन्दा बढी हिमनदी र ताल बन्यो

अध्ययन भन्छ : हिमताल फुट्दा नेपालसहित पूर्वी हिमालय क्षेत्र उच्च जोखिममा

पुस २०, २०७६

    हिमालय पर्वत चिसो र हिउँको लागि परिचित छ। तर, पछिल्लो समय हिमालय पर्वत पग्लने क्रम बढ्दो छ। जसको प्रत्यक्ष असर नेपाल, भारत र भुटानसहित पूर्वी हिमालयन क्षेत्रमा उच्च रहेको अध्ययनले देखाउँछ। 

    हिमालयबाट पग्लिएको पानी ताल र पहाडमा जम्मा हुने गरेको छ। हिमनदीको पानी पहाड फाटेको स्थानमा जम्मा हुन्छ। जसबाट पानीको नयाँ श्रोत सृजना हुने गर्छन्। सन् २०१२ मा गरिएको एक अध्ययनमा पूर्वोत्तर भारतको सिक्किम क्षेत्रमा सन् २००३ देखि २०१० का बीचमा ८५ वटा नयाँ ताल निर्माण भएका छन्। हाल रहेको ताल र झरनाहरूसमेत क्षेत्र विस्तार भएको देखिएको छ।

    सन् २०१७ मा गरिएको अर्को अध्ययनले २५ वर्षको अवधि (सन् १९९०-२०१५) सम्म हिमनदी र ताल १४.१ प्रतिशतले वृद्धि भएको पाइएको छ। पानीको सतह बढ्ने बित्तिकै हिमताल फुट्ने वा यसको प्रकोप (Glacial lake outburst flood)  बढ्ने खतरा हुन्छ।

    हिमतालको प्रकोप त्यतीबेला हुन्छ–जब मोरेन भनिने प्राकृतिक बाँधहरू फुटेपछि मनसुन जस्तो बाढी पहाडी उपत्यकामा प्रवेश गर्छन्‌। कहिलेकाहीँ यसरी बग्ने पानीले असाधारण क्षति निम्त्याउन सक्छ।

    अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले मार्च २०११ मा निकालेको नेपालमा हिम झरना र हिमतालको प्रकोपको अध्ययन प्रतिवेदनअनुसार नेपालमा पछिल्लो पटक २४ वटा हिमतालमा जोखिम बढेको छ। यी हिमताल फुटेमा ठूलो मात्रामा नोक्सानी व्यर्होनुपरेको छ।

    सन् १९६४ को सुनकोसी र भोटेकोसी प्रकोप तथा सन् १९८५ को डिग-टिशो हिमनदी ताल प्रकोपका उदाहरण हुन्‌। डिग-टिशो फुट्दा करिब १.३ अर्ब ग्यालेनभन्दा हिमस्खलन भएर गाउँमा प्रवेश गरेको थियो। डिग-टिशोले करिब सम्पन्न हुन लागेको नाम्चे साना जलविद्युत परियोजनालाई समेत ध्वस्त पार्‍यो।

    यो हिमताल फुट्दा नदीको वहाव क्षेत्रमा समेत क्षति पुर्‍याएको इसिमोडको प्रतिवेदनमा उल्लेख छ। सन् १९८१ मा चीन जोड्ने एकमात्र सडक बिग्रिएको थियो र केही महिनासम्म यातायात अवरुद्ध भएको थियो। यो घटनाको स्रोत चीनको तिब्बत स्वायत्त क्षेत्रभित्र रहेको थियो, जसले अन्तर्राष्ट्रिय क्षेत्रीय आवश्यकताको संकेत गर्‍यो।

    'नेशनल एकाडेमी अफ साइन्स'का अध्ययनकर्ताहरूले हजारौँ हिमालयन तालहरू फुट्ने अनुमान गरेका छन्। एकाडेमीको अध्ययन प्रतिवेदनमा भनिएको छ ‘हिमालयमा लगातार हिउँ पग्लदै क्रमश: ५ हजारभन्दा बढी हिमनदी र ताल बनेका छन्। जुन सम्भाव्य अस्थिर मोरेनले क्षतिग्रस्त छन्। त्यस्ता बाँध फुट्न्छन्, हिमनदी र तालले विनाशकारी सामाजिक र भू-आकृति प्रभाव पैदा गर्न सक्छन्। हामी हिमालयन क्षेत्रमा औषत हिमनदी र तालको प्रकोप फिर्ती अवधीको सम्भावित अनुमान प्रस्तुत गर्दछौँ, जो ५.४ विलियन नमूनाहरू छन्।’

    पूर्वी हिमालय अन्य क्षेत्रहरूभन्दा तीन गुणा बढी संवेदनशील रहेको सोमबार सार्वजनिक गरिएको प्रतिवेदनमा लेखिएको छ। जोखिम निर्धारण गर्नका लागि शोधकर्ताहरूले पर्वत श्रृंखलामा फैलिएका भू-उपग्रह र भौगोलिक तथ्यांकबाट निर्माण गरिएको तालको नमूनामाथि अध्ययन गरिएको थियो।

नमीन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]