|

काठमाडौं : यतिवेला भक्तपुरका विभिन्‍न स्थानमा माघे संक्रान्तिका लागि चाकु र लड्डु बनाउन धमाधम छ। माघे सक्रन्तिमा विशेष गरी घ्यू, चाकु, तिलको लड्डु तरुल आदि खाने चलन छ।

नेपालको महत्वपूर्ण चाडमध्ये माघे संक्रान्ति पनि एक हो। हरेक  वर्षको माघ महिनाको पहिलो दिन मकर संक्रान्ति भनेर  मनाइने यो पर्व नेपालका विभिन्न  जात र समुदायले विभिन्न किसिमले मनाउँछन्। हरेक पर्वको आ(आफ्नै विशेषता हुन्छन् र पर्वहरूमा खाइने परिकार पनि फरक नै हुन्छन्।

काठमाडौंको टोखा, ललितपुरको पाटन चाकु बनाइने नामले पनि प्रसिद्ध छन्। चाकु सख्खर विभिन्न मसला मिसाई बनाइने परिकार हो। चाकु खाँदा जाडोले छुँदैन भन्ने भनाइ छ, त्यसैले जाडोमा चाकुको प्रयोग बढी हुन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.