|

काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्ट नेपाली कांग्रेसका जिल्ला सभापतिको भेला मंगलबार पनि जारी रहेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रहमा सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु भएको हो।

सोमबार जिल्ला सभापतिले आफ्नो धारणा राखेर नसिध्याएकोले मंगलबार पनि छलफल जारी छ। महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले आफूनिकट जिल्ला सभापतिसँग सोमबारदेखि छलफल थालेका हुन्। यो भेलामा ४० भन्दा बढी जिल्लाका पार्टी सभापति सहभागी छन्।  पार्टी सभापति देउवाले विधानका प्रावधान निलम्बन गरेको र सहमतिको परम्परा तोड्दै बहुमतका आधारमा विभिन्न निर्णय गरेको भन्दै असन्तुष्ट नेतानिकट जिल्ला सभापति यतिखेर काठमाडौंमा छन्। 

भेलामा उपस्थित भएका जिल्ला सभापतिले सहमतिकै आधारमा अघि बढ्न नेताहरूलाई सुझाव दिएको पौडेलनिकट केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए। जिल्ला सभापतिले गत महासमिति बैठकले गरेका निर्णय केन्द्रीय कार्य समिति बैठकले उल्ट्याएको प्रति संस्थापनइतर पक्षसँगसमेत असन्तुष्टि व्यक्त गरेका छन्।

पार्टीले केन्द्रमै लडाइँ गर्दा यसले जिल्लाको अवस्था झनै कमजोर बन्ने भन्दै जिल्ला सभापतिले संस्थापन इतर पक्षलाई पनि वार्ताका लागि पहल गर्न सुझाव दिएको केन्द्रीय सदस्य थानीले बताए। पौडेल पक्षले सोमबारदेखि सुरु भएको भेलालाई परामर्शको लागि छलफल नाम दिएको छ। 

यी हुन छलफलमा सहभागी जिल्ला सभापति :

बैकुण्ठ न्यौपाने (तनहुँ), कृष्ण केसी (कास्की), बिष्णु प्रसाद लामिछाने ( नवलपुर–पूर्व),  भेषबहादुर पौडेल (लमजुङ), उज्जवल बराल (सिन्धुली), मधु आचार्य (काभ्रे), लवश्री न्यौपाने (रामेछाप), विकाश लामा (सिन्धुपाल्चोक), जगदीश नरसिंह केसी (नुवाकोट), सबुज बाँनिया (काठमाडौं), रमेश धमला (धादिङ), जितनारायण श्रेष्ठ (चितवन), लिलादेवी बोखिम (ताप्लेजुंग), नरेन्द्रकुमार केरुङ्ग (पाँचथर), हिमालय कर्माचार्य (ईलाम), उद्धव थापा (झापा), गोविन्द ढुंगाना (तेह्रथुम), नन्दमणि राई (भोजपुर), नरेशकुमार श्रेष्ठ (खोटाङ), बिनोद बस्नेत (सोलुखुम्बु), राजिब कोइराला (सुनसरी), डिगबहादुर लिम्बु (मोरङ),

बिदुर बस्नेत (उदयपुर), दिपेनकुमार श्रेष्ठ (संखुवासभा), वीरबहादुर राना (पाल्पा), भुवन श्रेष्ठ (गुल्मी), बिष्णुप्रसाद खनाल (अर्घाखाँची), सुरेन्द्रप्रसाद आचार्य (कपिलवस्तु), अम्मरप्रसाद भण्डारी (प्युठान) अमरसिंह पून (रोल्पा), किरण कोइराला (बाँके), संजय गौतम (बर्दिया), कर्णबहादुर मल्ल (डडेल्धुरा), ललितसिंह बोहरा (दार्चुला), नरेन्द्रसिंह थापा ( बैतडी), खड्गबहादुर शाही (मुगु), दिपकबहादुर शाही (जुम्ला), हर्षबहादुर बम ( कालिकोट), कृष्णकुमार बिसी (दैलेख), कमलराज रेग्मी (सुर्खेत), दिपकजंग शाही (जाजरकोट), गणेशबहादुर चन्द (सल्यान)।

आजको बैठकमा केही जिल्लाका सभापति थपिएको धादिङका सभापति रमेश धमलाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.