|

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा-३ का लक्ष्मण ऐर विगतमा धान र गहुँ खेती गर्थे। थोरै मात्रै आलु लगाउँथे। वर्षैदेखि परम्परागत खेतीमा सीमित उनी पछिल्लो समय व्यावसायिक आलु खेतीतर्फ लाकेका छन्। ५५ वर्षीय ऐर अहिले आएर व्यवसायिक खेतीतर्फ लागेका हुन्।

आफ्नो घरमा ६ महिना पनि नपुग्ने खेती गहुँ, धान लगाउँदै आएका ऐर आलुखेतीतर्फ आकर्षित बनेका हुन्। आलुखेती, फल कस्तो दिन्छ थाहा छैन। तर, पनि आलुको कलिलो हरियो बोट देखेर दंग छन् लक्ष्मण। करिब ८ रोपनी जमिनमा यो वर्षदेखि उनले ३ क्विन्टल आलुखेती गरेका छन्।

‘पहिले हामी खेतमा यो सिजनमा गहुँ र अर्का ६ महिनापछि धान खेती गर्दछौँ। अहिले मुनाफा हुने खेती भनेर आलुखेती सुरु गरेकाछौँ’ कृषक ऐरले भने, 'बोट देखरै राम्रो होलाकी भन्नेमा खुसी लागेको छ।’

लक्ष्मण त एक उदाहरण मात्र हुन्, यहाँका अमरगढी, परशुराम नगरपालिका, आलिताल, नवदुर्गा, गन्यापधुरा र भागेश्वर गाउँपालिकाका किसान पछिल्लो समय परम्परागत खेती छोडेर आलुखेती आगांलेका छन्।

डडेल्धुरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई लागू भएपछि कार्यालयले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कृषकलाई व्यावसायिक आलुखेतीमा ध्यान केन्द्रित गरेको अमरगढी नगरपालिका-११ का कृषक मानबहादुर बोहराले भनाइ छ ।

कृषि खेतीमा गोलभेटा, रायो मुला, सिमीलगायतका खेती कमै मात्रमा गरेको पनि बढी जमिनमा यो वर्षबाट मात्र आलुखेती थालेको उनले बताए।

उनले भने, ‘घरघरपरिवारमा बुवा आमाले नै पहिले देखी तरकारी खेती कमै जग्गामा गर्ने गरेका थियौँ तर अहिले हामी ठूलो भू–भागमा आलु खेती गरीरहेकाछौँ।’

गन्यापुरा गाउँपालिकाको जर्मना, रुवाखोला, भात्काँडा, अमरगढी नगरपालिकाको तडिबटा, पोखरा, सल्लागाउँलगायका क्षेत्रमा स्थानीय किसानले पहिलेदेखी अर्गानिक आलु खेती गर्दै आएका छन्। उनीहरूले यसै क्षेत्रमा बिउ आलुसमेत उत्पादन गरेर कोल्डस्टोरमा राखी यस जिल्ला तथा पहाडी जिल्लामा समेत नियात गर्ने गरेको उग्रतारा शीत भण्डारका अध्यक्ष भोजराज भट्टले बताए।

उनले भने, ‘यस जिल्लाको अमरगढीमा पहिलेदेखि आलुखेती हुन्थ्यो तर व्यवस्थित तथा व्यवसायीक थिएन। अहिले त किसान आलु मात्र उत्पादन गर्दैन। बिउ आलुसमेत डडेल्धुरामै उत्पादन गर्छ।’

यहाँका कृषकले लामो समयदेखि गर्दै आएको गहुँ खेती छोडेर गरिरहेको व्यावसायिक आलुखेती गर्ने अनुदानमा सिँचाइ पोखरी निमार्ण, प्रतिफलमा आधारित प्रत्साहान अनुदान, बिउमा अनुदान, कोण्डस्टोरमा राख्नलगायतका सेवा सुविधा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई आलु सुपरजोन डडेल्धुराले दिइरहेको कार्यालय प्रमुख तथा वरिष्ट कृषि विकास अधिकृत खेमराज जोशीले बताए।

डडेल्धुरामा अहिले यो सिजनमा ६५ हेक्टर क्षेत्रफलमा आलुखेती भइरहेको उनले जानकारी दिए। ‘हामीले आलुखेतीमा ठूलो फड्को नै मारेका छौँ’ प्रमुख जोशीले भने, 'जिल्लाभर ४० हेक्टर जमिनमा आलुखेती गराउने लक्ष्य हाम्रो थियो तर लक्ष्यको २५ हेक्टर बढी जम्मा ६५ हेक्टर क्षेत्रफलमा आलु खेती यो वर्षको एक सिजनमा भइरहेको छ।'

आलुसुपर जोन डडेल्धुराले आर्थिक, प्राविधिक तथा यन्त्र उपकरण समेत सहयोग गर्ने गरेको गन्यापधुरा गाउँपालिका–३ कृषक लक्ष्ण ऐरले बताए। उनले भने, ‘हामी पहिले चारदेखि ८ रोपनीसम्म गहुँ खेती गर्ने र अहिले सोही जमीनमा आलुखेतीको सुरुवात गरेका छौँ।’

स्थानीय सरकारसहित तीनै पक्षको सहयोग परम्परागत खेतीमा सिमीत भएका त्यहाँका किसानले अहिले आलुखेतीको सुरुवात गएका हुन्। डडेल्धुरा जिल्लामै अहिले बिउ आलु समेत उत्पादन हुने गरेको परियोजनाका प्रमुख जोशीले बताए।

आलुमा आत्मनिर्भर

डडेल्धुरा अहिले आलुमा आत्मा नर्भर रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराको दाबी छ। गत वर्ष जिल्लाबाट ३२ हजार मेट्रिक टन आलु बाहिरी जिल्ला निर्यात भएको तथ्यांक रहेको आलु सुपरजोनमन रहेको प्रमुख जोशीले बताए।

परम्परागत खेती धान, मकै र गहुँका साथै अन्य बालीको उत्पादन घटेको छ। बर्खाबेला लगाइने मुख्य बाली मकै र धानलाई पनि जगंली जनावरले नष्ट गरिरहेको अवस्थामा आलुखेती उपयुक्त रहने कृषक बताउँछन्। आलुबाट मनग्य आम्दानी लिन सकिने गन्यापधुरा १ का अगुवा कृषक दत्तराज अवस्थीले बताए। दशकदेखि आफू र आफ्नो परिवार आलु उत्पादनमै लागेको कृषक अवस्थीको भनाइ छ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं.१ तडिवाटा, ६ दमडा र वडा नं. ७ पोखराका कृषकले तीनमहिने कार्डिनल जातको आलु लगाएर झन्डै दशगुणा उत्पादनबाट हजारौँ आम्दानी गर्न सफल भएका छन्।

आलुबाट नै जिल्लाको पहिचान बनाउन करोडौंको लगानीमा अमरगढी १ को दहव्यारेकमा कोल्डस्टोर पनि निर्माण गरिएको छ। अहिले कोल्डस्टोरमा बीउका लागि आलु राखिएको सञ्चालकले बताए। आलुको मुल बीउ उत्पादनका लागि ६३ लाखमा स्क्रिन हाउसको भवन निर्माण गरिएको छ।

आलुमा सबै क्षेत्रको लगानीपश्चात कृषक हर्षित भइ आलु उत्पादनमा लागि परेका छन्। जिल्लाका धेरै परिवार आलुले आत्मनिर्भर भइरहेका छन्। कम लगानीमा धेरै उत्पादन र मुनाफा लिन सकिने भएकाले कृषक आलुसँगै अन्य तरकारी उत्पादनमा लागि गुजारा गरिरहेको छन्। पहिले खेतीपातीबाट तीन महिना पनि खानलाउन नपुग्ने जमिनमा नै आलु लगाउँदा बचतसमेत भइरहेको कृषकहरूको भनाइ छ।

आलुले डडेल्धुराका न्यून आयस्रोत भएका व्यक्तिका लागि आम्दानीको राम्रो समेत समेत बनेको छ। आलुमा सरकारी तथा गैरसरकारी तवरबाट पाउने अनुदानले पनि यस भेगका कृषक आलुतिर आकर्षित बनेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.