|

दैलेख : छाउपडी प्रथा उन्मुलन गर्ने गृह मन्त्रालयको परिपत्रअनुसार दैलेखमा जिल्ला प्रशासनको अगुवाइमा छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ।

सोमबारदेखि जिल्लाका आठबिस नगरपालिका ठाटिकाँध गाउँपालिका भैरवी गाउँपालिका चामुण्डा सबिन्द्रासैनी नगरपालिका दुल्लू नगरपालिकामा छाउँगोठ भत्काउने अभियानअनुसार अहिलेसम्म ९३ वटा छाउगोठ भत्काइएको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र बहादुर क्षेत्रीले बताए।

सुदूरपश्च्मि प्रदेश तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेको छाउप्रथालाई उन्मुलन गर्न गृहमन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानमा लागेको जिल्ला प्रशासन कार्यालय दैलेखले दुई दिनमा ९३ छाउगोठ भत्काएको दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताए। 

पहिलो चरणमा सामाजिक अभियानमार्फत जनचेतना जगाउँने उद्देश्यले गाउँगाउँमा अभियान चलाएको प्रशासनले सोमबारदेखि छाउगोठ भत्काउने अभियान संचालन गरेको हो।

अभियानअन्तर्ग गाउँमा रहेको सहायक प्रजिअ क्षेत्रीको टोलीले जिल्लाका आठबिस नगरपालिका भैरवी गाउँपालिका, ठाटीकाध गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिकामा छाउगोठ भत्काइएको प्रहरी प्रमुख वलीले बताए।

पहिलो चरणमा सोमबार र मंगलबार गरि चामुण्डा बिन्द्रासैनी नगरपलिकामा ४६ छाउगोठ र अन्य चारवटा स्थानीय तहमा ४७ छाउगोठ भत्काइएको प्रहरी प्रमुख वलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.