|

मनाङ : एक साताअघि भएको हिमपातले मनाङको वस्ती, डाँडापाखामा अझैं सेताम्य छ। लामो समयदेखि भएको मौसम खराबीले मनाङवासीले सास्ती खेपिरहेका छन्।

स्थानीयहरु घरका छत र बाटोघाटोमा जमिएको हिउँ पन्छाउन व्यस्त छन्। हिमपातले सदरमुकाम चामे जाने सडक ठप्प भएको छ। खानेपानीको अभावमा हिउँ पगालेर पानी पिउन बाध्य छन्।

बिहान बेलुकीको तापक्रम माइनस  १२ देखि २० सम्म पुग्ने गरेको मनाङका  प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए। उनका अनुसार सडकमा हिउँ जमेकाले लमजुङको बेंसीसहरदेखि तल्लो मनाङको नासो गाउँपालिका दानाक्युसम्म चल्ने सवारीसाधन अवरुद्ध भएको छ।

हिमपातले स्थानीयवासी सास्ती भए पनि आन्तारिक पर्यटकहरु भने हिउँ खेल्न मनाङ पुग्ने गरेका छन्। पर्यटकहरु दानाक्युसम्म गाडीमा पुगेर तिमाङमा हिउँ खेलेर फर्कने गरेका छन्। लमजुङको बेंशीसहरदेखि करिब तीन घण्टाको यात्रापछि  मनाङमा हिउँ खेल्न पुग्ने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.