|

डडेल्धुरा : अत्याधिक चिसो बढेपछि डडेल्धुरा सदरमुकाममा प्रहरीले विभिन्न ठाउँमा आगो ताप्‍ने व्यवस्था मिलाएको छ। भारी हिमपातपछिको लगातार भइरहेको वर्षाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि बुधबार बिहान प्रहरीले आगो ताप्‍ने व्यवस्था गरेको हो।

विपद् व्यवस्थापन समितिको पहलमा आगो ताप्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगको समन्वयमा यहाँका चोकमा लागो ताप्ने व्यस्था गरिएको हो।

अमरगढी–५ बसपार्क क्षेत्रमा तीन ठाउँ, तुफानडाँडा एक ठाउँ र अमरगढी–७ को रातोगुना चोकमा आगो ताप्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल डडेल्धुराका प्रहरीका प्रमुख भुवनराज पन्तले जानकारी दिए। चोक–चोकमा आगो बालिएपछि स्थानीय व्यापारी, बटुवालगायत आगो ताप्न झुम्मिएका छन्।

चिसो बढेपछि व्यापार व्यवसायमा पनि गिरावट आएको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोजराज भट्टले बताए। ग्रामीण भेगबाट डडेल्धुरा आउन समस्या भएपछि व्यापारमा कमी आएको उनले बताए। 

तर, सदरमुकाममा दाउराको व्यापार भने बढेको स्थानीय दाउरा व्यपारीहरूको भनाइ छ। बुधबार डडेल्धुराको न्यूनतम तापक्रम ३ दशमलब ५ डिग्री सेल्सियस छ भने वर्षा ३ मिलिमिटर भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.