|

सुनसरी : नेपालमै पहिलो पटक इटहरीमा स्मार्ट पार्किङ निर्माण हुने भएको छ।

इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेकाअनुसार अवको साढे चार महिना भित्रमा स्मार्ट पार्किङ निर्माण सम्पन्न भएर संचालनमा आउने छ। इटहरी ४ टयाङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा रहेको दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ बन्ने भएको हो। त्यहाँ सयवटा हल्का सवारी साधन पार्क गर्न सकिने छ।

इटहरी उपमहानगरको पहलमा संघीय सरकारले  समपुरक योजनाअन्तर्गत पाँच करोड २० लाख रकम विनियोजित भइसकेको छ। करिव १० करोड लागतमा स्मार्ट पार्किङ निर्माण हुने छ।

निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया सुरु भइसकेको छ। सवारी धनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफटवेयरलेनै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाउँमा पठाउने छ। पछि १ मिनेटमानै पहिला भएको ठाउँमा ल्याइदिने छ। यो सिस्टम सवै अटोमेटिक हुने छ। त्यहाँ गाडो धुने स्मार्ट वास र कफि सपको पनि ब्यवस्था हुने छ।

पार्क गरिसकेपछि सम्वन्धित ठाउँमा पुग्ने सवारी साधनको ब्यवस्था मिलाउने विषयमा पनि छलफल भइरहेको इन्जिनियर घिमिरेले बताए। इटहरीमा बढदो सवारी पार्क गर्ने समस्यालाई नेपालमै पहिलो पटक वन्न लागेको यो स्मार्ट पार्किङले समाधान गर्ने उपमहानगरको अपेक्षा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.