|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सशस्त्र प्रहरी बल एपिएफ क्लबलाई आज ४-२ को गोल अन्तरले पराजित गर्दै संकटा अंकतालिकाको ११ बाट सातौं स्थानमा उक्लिएको हो।

संकटालाई जित दिलाउन अजय मार्टिन्स कायोदोले २ गोल गर्दा लक्ष्मण रुचाल र कर्ण बहादुर सुब्बाले एक-एक गोल गरे। एपीएफका नवीन लामा र आशिष लामाले एक-एक गोल गरेका थिए। आजको जितसँगै संकटा क्लबले ५ खेलबाट २ मा जित र एक बरावरी गर्दै कुल ७ अंक बनाएको छ।

एपीएफ ११ औं स्थानमा झरेको छ। समान खेल खेलेको एपीएफले एउटामा जित र एउटा बरावरी गर्दै ४ अंक जोडेको छ। लिगमा अहिले त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लब भिडिरहेका छन्। चौथो स्थानमा रहेको आर्मीले अहिलेसम्म खेलेका ४ खेलमा ३ खेल जितेको छ र उसको ९ अंक छ। ४ खेलमा चारवटै खेल हारेको सरस्वती अंकवीहिन पुछारमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.