|

बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ। 

बिहीबार राति भएको खेलमा एट्लेटिको मडिड्रले बार्सिलोनालाई ३–२ गोल अन्तरले हरायो।  १३ पटकको विजेता बार्सिलोनालाई पराजित गर्न  खेलको अन्त्यतिर  मड्रिडका एन्जिल कोरियाले निर्णायक गोल गरे। एट्लेटिको मड्रिडका लागि ४६औँ मिनेटमा कोकी क्लिनिक, ८१औँ मिनेटमा अल्भरो मोराटा र ८६औँ मिनेटमा एन्जिल कोरियाले गोल गरे । 

बार्सिलोनाका लागि लियोनल मेस्सीले ५१औँ र एन्टोनी ग्रिजम्यानले ६२औँ मिनेटमा गोल गरे। अब स्पेनिस सुपर कपको उपाधिका लागि एट्लेटिकोले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । रियलले भने भ्यालेन्सियालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। फाइनल खेल आइतबार हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.