|
फाइल तस्बिर

काठमाडौं : केही दिन बदली भएको मौसम शुक्रबारदेखि सुधार हुने भएको छ। पश्चिमी वायु कमजोर भएकाले शुक्रबारदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए।

महाशाखाका अनुसार शुक्रबार काठमाडौं उपत्यकासहित देशको मध्य, पूर्व र पश्चिमका अधिकांश स्थानको मौसम सफा रहनेछ। हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुन पनि रोकिने छ।  

वर्षा र हिमपात रोकिए पनि चिसो भने कायमै रहने महाशाखाले जनाएको छ। वर्षा र हिमपात हुँदा प्रभावित भएको जनजीवन शुक्रबारदेखि सामान्य हुने देखिएको छ। मौसमविद प्रधानाङ्गका अनुसार तत्कालै वर्षा हुने अवस्था छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.